
झापा, मङ्सिर २८ गते । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी […]

काठमाडौं, मङसिर २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य सर्वव्यापी पहुँच दिवसको अवसरमा मन्त्री पौडेलले स्वास्थ्य सर्वव्यापी पहुँचमा पुर्याउन नागरिक योगदानमा आधारित सुरक्षित कोषसहितको स्वास्थ्य बिमा कार्यक्रम आवश्यक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “जटिल रोग लागेकालाई एक लाखले पुग्दैन । […]

काठमाडौँ, मङ्सिर २७ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियनले यस वर्ष […]

डडेलधुरा, मङ्सिर २६ गते । अमरगढी नगरपालिका–२, मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार रुपियाँ लगानी गरेर व्यावसायिक च्याउ खेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा बिदेसिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि […]

काठमाडौँ, मङ्सिर २६ गते। नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बिच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि […]

काठमाडौँ , मङ्सिर २५ गते। अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च सर्वोच्चले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो । अनुसन्धानको चरणमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर […]

अमृतप्रसाद पौडेल / मुस्ताङ, मङ्सिर २५ गते। हिमालपारीको जिल्ला मुस्ताङको तल्लो क्षेत्रका रूपमा चर्चित मार्फाको तापक्रम माइनस सात डिग्री पुगेको छ। घरपझोङ तथा थासाङ गाउँपालिका क्षेत्रमै तापक्रम माइनसमा पुगेपछि जनजीवन प्रभावित भएको छ। तापक्रम मापन केन्द्र समेत रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार पछिल्लो २४ घण्टाको तापक्रम माइनस सात डिग्री मापन […]

काठमाडौँ, मंसिर २४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । विद्यालय […]

काठमाडौं, मंसिर २४ गते । वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले वायु मापन केन्द्रहरुको ब्यापक बिस्तारको काम गरेको बताउनु भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउनुभएको हो । साझेदार संस्थाहरुको सहयोगमा बिभिन्न स्थानमा वायु गुणस्तर मापन केन्द्र जडान गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रालय तथा वाताबरण बिभागले वायु […]

काठमाडौँ, मङ्सिर २३ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। आइतबार नेपाल […]