• Wednesday, April 23, 2025

समाचार

उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री […]


पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड

काठमाडौँ, साउन २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा […]


च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत, साउन२७ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट […]


स्वास्थ्यमन्त्रीका प्राथमिकता : सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रम बिमाको छाताभित्र राखिने

काठमाडौँ, साउन २७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सुधारका लागि कार्ययोजना सार्वजनिक गर्नुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्ययोजना सार्वजनिक गर्नुभएको हो। मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीति र १६ औँ योजना तथा दिगो विकास […]


अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री

काठमाडौँ, साउन २६गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ । ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया र परोपकार भाव धेरै आवश्यक […]


फिदिममा एक लाख ३७ हजार फलफूल रोपियो

राधा लुइटेल / फिदिम, साउन २६ गते। फिदिम नगरपालिकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा बिरुवा रोपिएको छ। नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार नगर क्षेत्रलाई फलफूलमा आत्मनिर्भर गर्ने उद्देश्यले यत्तिका […]


साढे ३१ हजार बालबालिका घरमुली

काठमाडौं, २५ साउन । देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । तथ्यांक अनुसार अहिले नेपालमा ३१ हजार ५१२ जना […]


रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना

काठमाडौँ, साउन २५ । सरकारले प्रदान गर्ने रासायनिक मल वितरणबारे जानकारी दिनका लागि कल सेन्टर स्थापना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउनका लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउन कल सेन्टरको स्थापना गरिएको हो । मन्त्रालयका सहसचिव तथा […]


जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश

काठमाडौँ, साउन २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा […]


नाटकबाट सङ्कलित रकम वृद्धाश्रमलाई

अर्जुन काफ्ले / स्याङ्जा, साउन २४ गते । वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ । विद्यालयले गल्याङ नगरपालिका–१ को राम्दी वृद्धाआश्रमलाई २१ हजार पाँचसय रुपियाँ नगद र १३ हजार ९३५ रुपियाँ बराबरको खाद्यान्न (जिन्सी) सहयोग गरेको हो । ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter