• Sunday, April 13, 2025

समाचार

नारायणगढ–बुटवल सडकखण्ड विस्तार : तेस्रो पटक म्याद थपिँदै

बोमलाल गिरी / नवलपुर, साउन ७ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि फेरि एक वर्ष म्याद थपिने भएको छ । निर्धारित समयमा निर्माण कम्पनीले काम गर्न नसकेपछि तेस्रो पटक म्याद थपिन लागेको सडक आयोजनाका प्रोजेक्ट म्यानेजर चूडाराज ढकालले जानकारी दिनुभयो । आयोजनाले डेढ वर्षको समय मागे पनि एक वर्ष मात्र थपिने ढकालले बताउनुभयो । यसअघि […]


नेपाल र चीनबिच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

काठमाडौँ, साउन ६ गते । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबिच सम्झौता भएको छ । नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबिच दुईपक्षीय सम्झौता भएको हो । चीनको सिचाङ स्वायत्त प्रदेशको निङची÷लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय […]


सरकारी ऋण २४ खर्ब ३४ अर्ब नाघ्यो, गत आवमा ऋण तिर्न तीन खर्ब खर्च

काठमाडौँ, साउन ५ गते । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ । कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार […]


विपद्‍मा परी हालसम्म १२८ जनाको मृत्यु, १४३ जना घाइते

काठमाडौँ, साउन ५ गते । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १ सय २८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ […]


निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, साउन ४ गते । उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन […]


बंगलादेशमा इन्टरनेट सेवा बन्द हुँदा नेपाली विद्यार्थीसँगकाे सम्पर्क टुट्यो

काठमाडौँ, साउन ४ गते । बंगलादेशमा इन्टरनेट सेवा बन्द भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ । कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो । जसले गर्दा एकअर्कामा सम्पर्क हुन सकेको छैन । नेपालमा फोन सम्पर्क नहुँदा विद्यार्थीहरू तथा घर परिवारमा चिन्ता छाएको छ । कतिपय […]


बेरोजगारीको कहर : रोपाइँ सकेर स्याउ टिप्न भारत लागे युवा

लखन चौधरी / धनगढी । धान रोपाइँ सकिए यता सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । उनीहरू बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । […]


रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको स्पष्टोक्ति

काठमाडौँ, साउन ३ गते । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्म मिति सम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो । रथी सिग्देलले […]


न्यूरोडमा फुटपाथ विस्तारको काम बुधबारदेखि पुनः सुरु

काठमाडौँ, साउन २ गते । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबार बिहानदेखि पुनः काम सुरु गरेको हो । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय […]


यसै वर्षबाट एआई पढाउँदै गण्डकी विश्वविद्यालय

फडिन्द्र अधिकारी / लेखनाथ, साउन २ गते। गण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले बुधबार मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टलिजेन्स कार्यक्रम सार्वजनिक गरेको हो। सेप्टेम्बर महिनाबाट एमआइटी एआइको कक्षा […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter