• Sunday, April 13, 2025

समाचार

ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी

बिन्दु थापा / पाल्पा, असार ३१ गते । तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ । एक लाख पचास हजारको लगानी गरेर ड्रागनफ्रुटको व्यवसाय सुरु गरेको रानाले युट्युब हेरेर ड्रागनफ्रुट खेती सुरु गरिएको बताउनुभयो । उहाँले दाङबाट प्रतिबोट ३ […]


चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सुरु

शालिग्राम नेपाल / चितवन, साउन १ गते । चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो । नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि […]


व्यावसायिक केरा खेतीमा रमाएका निर्मल

नवलपरासी / असार ३१ गते । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आउनुभएको छ […]


सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ / असार ३१ गते । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताए। उनले […]


सहरबाट गाउँ फर्केर व्यावसायिक गाईपालन

उर्लाबारी / असार ३० गते । गाउँबाट सहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । सहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ सहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय बाट लाखौँ कमाइ गरिरहनु भएको छ । श्रेष्ठले २०७० देखि २०७५ सम्म पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी […]


काजुको व्यावसायिक खेतीतर्फ आकर्षित किसान

काठमाडौं, असार ३० गते । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरूको सङ्ख्या बढ्दो छ । काजुदेखि ड्रागन, अङ्गुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोलि मोरङको पथरी […]


बन्दीप्रत्यक्षीकरण रिट खारेज : बालिकाको इच्छाको कदर

काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबार खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ । परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक […]


मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

काठमाडौँ, असार २९ गते । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन […]


त्रिविको शैक्षिक क्यालेन्डर स्वीकृत, परीक्षा भएको ९० दिनमा नतिजा

काठमाडौं, असार २८ गते । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले स्वीकृत गरेको छ । त्रिविको शैक्षिक क्यालेन्डर अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने भएको छ । मंसिर २०८१ बाट पढाइ सुरू हुने र अन्तिम सेमेष्टरको नतिजा कार्तिक २०८५ तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुने भएको छ । क्यालेन्डर अनुसार प्रथम […]


दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

विराटनगर, असार २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उहाँले पहल सुरु गर्नुभएको हो । विराटनगर दुग्ध […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter