समाचार

आंशिक प्राध्यायकद्वारा मासिक ज्यालादारीमा नियुक्त गर्न माग

काठमाडौँ, जेठ २ गते । त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक सङ्घले सङ्घ आबद्ध प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्न माग गरेको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै उनीहरुले दैनिक ज्यालादारीमा काम गर्दा आफूहरु लाई जीवनयापनमा समस्या भएको जनाएका छन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले स्थायी र करार कर्मचारी जत्तिकै आफूहरुले पढाए पनि तलबमा विभेद […]


कैलालीमा कृषि क्याम्पस स्थापनाको पहल

धनगढी, जेठ १ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो । देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी […]


राष्ट्रपति भण्डारीद्वारा बुद्ध मन्दिरको दर्शन

कोलोम्बो (श्रीलङ्का), जेठ १ गते । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको कोलोम्बोस्थित केलानिया मन्दिर गई बुद्धको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति भण्डारी मन्दिर पुग्दा केलानिया राजा महाविहारका प्रमुख महिन्द सङ्गराक्किथा तथा मन्दिरका प्रमुख बसनायके निलामलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा विहारका प्रमुख सङ्गराक्किथाले मन्दिरको ऐतिहासिक […]


पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द….

बेनी (म्याग्दी), जेठ १ गते । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ । बर्सेनि मुहानमा पानी सुक्दै जान […]


सय वर्षमा दूरसञ्चार

विश्वास रेग्मी / काठमाडौँ, जेठ १ गते । वि.सं. १९७४, जेठ १ । गोरखापत्रको दोस्रो पृष्ठको ‘देश समाचार’ अन्तर्गतको पहिलो समाचार थियो ‘टेलिफोन खुल्यो’ । जनताका अधिकार कुण्ठित बनाइएको एकतन्त्रीय राणाशासनको तत्कालीन परिस्थतिमा यो समाचारको विषय आफँैमा एउटा ठूलो फड्को थियो । समाचारमा उल्लेख भएअनुसार राणा शासकले सर्वसाधारण जनताका लागि पनि टेलिफोन सेवा उपलब्ध भएको […]


पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

कल्पना पौडेल / काठमाडौँ, वैशाख ३१ गते । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको […]


धान छाडेर मेन्थाखेती

सिराजुद्दिन खान / नेपालगञ्ज, वैशाख ३१ गते । बाँकेका विभिन्न स्थानमा मेन्थाखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । मेन्थाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महादेवपुरी, कचनापुर, फत्तेपुर र गङ्गापुरलगायतका क्षेत्रमा मेन्थाखेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार खेती राम्रो हुँदै गएपछि धेरै किसानले धानखेती छोडेर मेन्थाखेती […]


दोलखामा गोली चलाइँदा एकको मृत्यु

दोलखा, वैशाख ३१ गते । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा […]


जिल्ला अस्पतालमा पहिलोपल्ट शल्यक्रिया सुरु

गाईघाट,वैशाख ३० गते । प्रसूतिको मात्र शल्यक्रिय हुदै आएको उदयपुर जिल्ला अस्पताल गाईघाटमा शुक्रबारदेखि पहिलो पटक अन्य विरामीको शल्यक्रिया गर्ने सेवा सुचारु भएकोे छ । सेवा सुचारु गरेको पहिलो दिन शुक्रबार दुई महिलाको एपेन्डिसाइडको सफल शल्यक्रिया गनृ अस्पताल सफल भएको हो । एपेन्डिसाइडको समस्या लिएर उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएकी त्रियुगा नगरपालिका ४ वगाहाकी ४५ […]


चिया बगानमा मजदुर अभाव

इलाम, वैशाख ३० गते । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter