
काठमाडौँ, २३ चैत । इन्धन आपूर्ति सहज भएसँगै काठमाडौँ महानगरपालिकामा भइरहेको सडक निर्माणका काम तीव्र रुपमा अघि बढेको छ । भूकम्प र त्यसपछि लामो समयसम्म भएको नाकाबन्दीका कारण इन्धनको समस्या हुँदा गत कात्तिक मसान्तसम्म सकिसक्नुपर्ने सडक पुनःनिर्माणको काम अहिलेसम्म नसकिएको भए पनि इन्धन आपूर्तिमा सहज भएसँगै काम सुरु भएको महानगपालिका भौतिक पूर्वाधार तथा […]

दोलखा, २१ चैत । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास गर्न सरकारले सात प्राथमिकता निर्धारण गरेर अगाडि बढेको भन्दै पोखरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम […]

काठमाडौँ, २० चैत । चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ […]

(प्रशन्न पोखरेल) गोरखा, १७ चैत । भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् । छ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका […]

(विशेष प्रतिनिधि तीर्थ भट्टराई) छन्दु (चीन), चैत १४ । चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् । शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै नेपालको भूकम्पपीडित जिल्लामा पुनःनिर्माण, पूर्वाधार निर्माण तथा पीडितका लागि रोजगारी सिर्जना […]

इलाम । इलामको पश्चिमी बाँझो–८ र ९ स्थित माङसेबुङलाई शाकाहारी गाउँ घोषणा गरिएको छ । किरात धर्मावलम्बी बसोबास गर्ने उक्त स्थानलाई इलामका सहायक प्रजिअ सुजन फागोले बिहीबार शाकाहारी गाउँ घोषणा गर्नुभयो । धुम्रपान, मद्यपान, लागुऔषध, माछामासु सेवन, पशुपक्षी हत्या गर्न नपाइने भन्दै शाकाहारी गाउँ घोषणा गरिएको हो । उक्त गाविसको पूर्वमा बेलबोटे, पश्चिममा […]

काठमाडौँ, १२ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चालु आवमा पुनःनिर्माणका लागि विभिन्न मन्त्रालय अन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र निकायलाई बजेटको अख्तियारी दिएको छ । अर्थ मन्त्रालयबाट प्राप्त अख्तियारी रु ६५ अर्बमध्येबाट प्राधिकरणले निजी आवास पुनःनिर्माणका अतिरिक्त अन्य क्षेत्र तथा निकाय मार्फत पुनःनिर्माणमा बजेट खर्च गर्ने गरी अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद […]

काठमाडौँ, ८ चैत । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु गरिएको छ । इटालेली ठेकेदार कम्पनी सिएमसीसँग सुरुङको काम विसं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको थियो । गत वैशाख १२ गतेको भूकम्पका कारण रोकिएको काम सुरु नहुँदै असोज ६ गते भारतले अघोषित नाकाबन्दी गरेपछि […]

रमेश लम्साल काठमाडौँ, ६ चैत । सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा सङ्कटकाल कार्ययोजना जारी गरेपछि ऊर्जा क्षेत्रमा उल्लेख्य सुधार आउने अपेक्षा विपरित केही महत्वपूर्ण आयोजना समस्याको चक्रब्यूहमा फस्न पुगेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आायोजनाको रुपमा रहेको नलसिंहगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोट प्रक्रियामा नै उल्झन खडा भएको छ भने […]

रत्ननगर (चितवन), ५ चैत । विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’ सहितको आगलागी नियन्त्रण अभियान सुरु गरेको छ । आगलागीको मौसम सुरु भएकाले वन्यजन्तुको सुरक्षालाई ध्यान दिँदै यस्तो अभियान थालिएको निकुञ्जले जनाएको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले मुख्यगरी निकुञ्जभित्र ‘काउन्टर […]