
काठमाडौँ, २६ मङ्सिर । आँखामा आँसु नली बन्द भएमा गरिने उपचार प्लास्टिक शल्यक्रियासम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । तीलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा नयाँ प्रविधिबाट दक्ष जनशक्ति उत्पादन गर्नका लागि देशका विभिन्न स्थानका दश र प्रतिष्ठानकै आँखा चिकित्सक कार्यशालामा सहभागी छन् । लगातार आँसु आइरहने समस्याको बाहिरी घाउ नबनाई नाकभित्रबाट उपचार गरिने […]

काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि जग्गा विकास, संयुक्त आवास र सामूहिक आवास गरी २२३ योजनालाई अनुमति दिइएको छ । उपत्यकामा अव्यवस्थित बसोबास रोकी व्यवस्थित सहर निर्माण गर्न दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस्तो अनुमति दिएको हो । काठमाडौँ जिल्लामा जग्गा विकास ३७, संयुक्त आवास ७५ र सामूहिक आवास ३३ […]

बैतडी, २४ मङ्सिर । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलो पटक दार्चुला–काठमाडौँ बस सेवा सुरु गरेको छ । दार्चुलामा आज एक कार्यक्रम गरी सो सेवा शुभारम्भ गरिएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । दुर्गम ठाउँका यात्रुको मर्कालाई ध्यानमा राखी पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । प्रतियात्रु काठमाडौँसम्मको भाडा रु […]

काठमाडौँ, २३ मङ्सिर । चिकित्साशास्त्र अध्ययन संस्था त्रिविका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान–२०७२ प्रदान गरिएको छ । ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले डा केसीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा आफनो जीवनको प्रभाव नगरी उल्लेखनीय योगदान पु¥याएबापत उहाँलाई सम्मान गरिएको हो । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित एक […]

काठमाडौँ, २२ मङ्सिर । सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ । पशुपति क्षेत्र विकास कोषको आज बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौँ गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार […]

(सुशील दर्नाल) काठमाडौँ । नुवाकोटकी एक महिलालाई आफ्नै दिदीभिनाजुले भारत घुम्न लैजा%

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो । निगमसँग करिब ३० लाख लिटरभन्दा बढी पेट्रोल मौज्दात रहेको र वीरगन्ज नाकाबाहेक अन्यत्र नाकाबाट सहज रुपमा इन्धन भित्रन थालेपछि निजी सवारीसाधनलाई इन्धन बिक्री […]

काठमाडौँ, १९ मङ्सिर । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ । तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको […]

काठमाडौँ, १८ मङ्सिर । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् । सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदानप्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएको हो । सम्झौतामा नेपालका तर्फबाट नेपाल […]

(रमेश लम्साल) काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ मा बसोबास गर्दै आउनु भएकी रिता लामिछानेले खाना पकाउँदै गर्दा एक्कासी विद्युत् गयो । इन्धनको अभावभएपछि राइस कुकरमा खाना पकाउँदै गर्दा विद्युत् गएसँगै एक्कासी ठूलो आवाज आयो । नजिकै रहेको ट्रान्सफर्मर जलेको रहेछ । “खाना पकाउने ग्यास पनि पाइँदैन, बढी भार भएर ट्रान्सफर्मर पनि जल्छ । अब […]