
काठमाडौँ, चैत ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैले गर्ने भएको छ । यसअघि राखेप मातहत रहेको दशरथ रङ्गशालाको खेलमैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो । मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकोले अबउप्रान्त राखेपआफैले संरक्षण गर्ने जनाएको […]

अर्घाखाँची, चैत ६ गते । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रूपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकामा ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रमअन्तर्गत उहाँहरूलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ […]

लीलाधर वली / घोराही, चैत ५ गते । छिल्लीकोट दाङको धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल बढेकाले पर्यटन प्रवर्धनमा होमस्टेको भूमिका महत्त्वपूर्ण रहेको बुझाइ स्थानीयको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बिजौरीबाट करिब १२ किलोमिटर उत्तर पहाडमा रहेको छिल्लीकोटमा मालिका […]

काठमाडौँ, चैत ५ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गर्नुभएको थियो । विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुराकानी गर्दै […]

काठमाडौँ, चैत ४ गते। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ। चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आज यहाँ आयोजित छलफलमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन […]

काठमाडौं, चैत ४ गते । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो । फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा […]

पोखरा, चैत ३ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन भत्काएर भत्किएपछि कांग्रेसलाई संगठन बलियो बनाउने मौका मिलेको बताउनुभयो । नेपाली कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीमा अहिले नयाँ ऊर्जा र शक्ति आएको हुनाले वर्तमान परिवेशमा निराश नभई अनुकूल अवसरका रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, […]

रमेश पौडेल/फडिन्द्र अधिकारी / पोखरा, चैत ३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरणमा हेरफेर भए पनि मुलुकको आवश्यकताअनुसार प्रमुख राजनीतिक पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ। बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति बनाएर नै मुलुकको समृद्धिको यात्रालाई अगाडि बढाउने दृढता व्यक्त गर्नुभयो। उहाँले […]

काठमाडौं, चैत २ गते । नेपाल र युरोपेली सङ्घ (इयू)बिच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको १३ औँ श्रृङ्खला चैत ७ गतेबाट सुरु हुने भएको छ । “युरोपियन युनियन-नेपाल सम्बन्धको पचास वर्ष : सांस्कृतिक विविधताको उत्सव” यस वर्ष महोत्सवको मूल नारा […]

काठमाडौं, चैत २ गते । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्दप्रसाद […]