
मकवानपुर / चैत १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभएको छ । मकवानपुरमा आज नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता एवम् कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१र८२ को बजेट उत्पादन एवम् रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजना […]

सिराज खान / नेपालगन्ज, चैत १६ गते। नेपालगन्ज उपमहानगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन केन्द्र सञ्चालनमा आएकोे छ। उपमहानगरको वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो व्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको हो। नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा ख्वाजाले दिसाजन्य लेदो व्यवस्थापन अस्थायी क्षेत्रको संयुक्त रुपमा शुक्रबार उद्घाटन गर्नुभयो। नेपालगन्ज […]

काठमाडौं, चैत १५ गते। काठमाडौँ महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न अनुरोध गरेको छ। महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार शिक्षा नियमावली, २०५९ को नियम १५४ ९४० तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्दछ। महानगर अन्तर्गतका अधिकांश […]

काठमाडौं, चैत १५ गते। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गर्नुभएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो। उहाँले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेसन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका […]

काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको […]

ललितपुर, चैत १४ गते । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । यस प्रतियोगिताका लागि नेपाली इच्छुक युवतीलाई आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन २०८१ जेठ १ सम्म खुला रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । मिस नेपाल २०२४ को अन्तिम नतिजा २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज […]

काठमाडौँ, चैत १३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्यालयमा मङ्गलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो। उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख […]

काठमाडौँ, चैत १३ गते। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईँद्वारा झापामा सञ्चालित मेडिकल कलेजलाई अनुमति दिन सरकारलाई सर्वोच्च अदालतले सोमबार दिएको आदेश सुधार्नुको विकल्प नरहेको चेतावनी दिएका छन् । अदालतको आदेशप्रति ध्यानाकर्षण भएको भन्दै मङ्गलबार उनले जारी गरेको विज्ञप्तिमा कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न […]

काठमाडौं, चैत १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन […]

काठमाडौं, चैत १२ गते । औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ । विभागकाले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेस गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो । विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ […]