
काठमाडौँ, माघ ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औँ राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने बताएकी छन् । उनले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् । मन्त्री शर्माले १६औँ राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमा आज गरिएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित […]

काठमाडौं, माघ ८ गते । काठमाडौँ महानगरपालिकाले भोलि (मंगलबार)देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरले जनाएको छ । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरको भनाइ छ […]

गणेश पौडेल / पर्वत, माघ ८ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ । सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बलियो काँग्रेस भएमा मात्र लोकतन्त्र बलियो हुने उहाँले चर्चा गर्नुभयो । ’काँग्रेस आँफैमा एकताबद्ध […]

जनार्जन खत्री / सर्लाही, माघ ७ गते । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशहरूमा प्रहरी समायोजन प्रक्रियाको घोषणा छिट्टै हुने बताउनुभएको छ । सर्लाहीमा आइतबार नवनिर्मित कारागार कार्यालय मलङ्गवाको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार प्रहरी समायोजनको काममा अब ढिलाइ नहुने बताउनुभएको हो । “सङ्घीयतामा गएपछि प्रहरी समायोजन त गर्नैपर्छ, यसैका लागि २०७६ मै समायोजन, […]

काठमाडौं, माघ ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । उहाँका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना रहे पनि होली पर्व […]

काठमाडौँ, माघ ६ गते । सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ । विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत प्राधिकरणले बिल […]

काठमाडौँ, माघ ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रक्रिया सुरु गरिसकेको छ । सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ । कृषि मन्त्रालयले त्यसलाई अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने […]

विष्णु पाण्डेय / काठमाडौं, माघ ५ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुनेछ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको जानकारी […]

काठमाडौं, माघ ५ गते । बासमती धानको आधिकारिकता प्राप्त गर्नबाट नेपाल पछाडि हटेको छ । भारतले बासमती धानमा आफ्नो आधिकारिकताका लागि २०७७ मा इयूमा निवेदन दिएपछि नेपालले पनि आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएको थियो । सन् २०२० सेप्टेम्बर ११ मा इयूले बासमती धानमाथि अन्य देशको दाबी छ कि छैन भनेर सूचना जारी गरेको थियो […]

म्याग्दी, माघ ४ गते । म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताउनुभयो । “बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला […]