• Sunday, June 01, 2025

समाचार

छ महिनामा साढे चार करोड माछाका भुरा वितरण

मकवानपुर (हेटौँडा) / फागुन ४ गते । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण गरिएको जनाएको छ । केन्द्रले मधेश प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३० हजारभन्दा बढी किसानलाई सुपथ मूल्यमा […]


हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

राधा लुइँटेल/नारायण तुम्बापो / पाँंचथर, फागुन २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ । पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव–२०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त […]


सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह

गजेन्द्र गुरुङ / खजुरा, माघ २ गते । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलामार्फत् यस्तो […]


विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च

काठमाडौँ, फागुन १ गते । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । यो कूल विनियोजनको ३२ […]


प्रणाली बिग्रिएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण बन्द

काठमाडौँ, फागुन १ गते । वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली अवरुद्ध भएको छ । बोर्डको सचिवालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने प्रणालीमा समस्या आएको जानकारी दिएको छ । बोर्ड सचिवालयको ‘एफईडब्लुआईएमएस डट एफईबी डट जीओभी डट एनपी’को सर्भर […]


नेपाल सन् २०४० सम्म विकसित देशको स्तरमा पुग्छ : डा बाबुराम भट्टराई

ललितपुर, माघ २९ गते । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल सन् २०४० सम्म विकसित देशको स्तरमा पुग्ने बताउनु भएको छ । अर्थ मन्त्रालयको आयोजनामा ललितपुरमा सोमबार सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी उपसचिवस्तरीय कर्मचारीलाई ‘नेपालको अर्थ–राजनीति : सम्भावना र चुनौती’ विषयमा प्रशिक्षण दिँदै नेपालको विकासबारेमा डा. भट्टराईले यस्तो विचार व्यक्त गर्नुभएको हो । […]


विद्युत कटौती हुन थालेपछि उद्योगीले गुहारे प्राधिकरण

लक्ष्मण पौडेल / भैरहवा, माघ २९ गते । रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् । केही समय यता विद्युतको समस्या झेल्दैआएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप […]


बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति गृहमन्त्री श्रेष्ठ असन्तुष्ट; एयरपोर्ट अध्यागमनमा जाने कर्मचारी पाउन गाह्रो भयो

काठमाडौं, माघ २८ गते । बाँसबारी जग्गा प्रकरणमा व्यवसायी अरूण चौधरीलाई छाड्ने अदालतको आदेशप्रति उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्। आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले व्यवसायी चौधरीलाई छाड्ने अदालतको आदेशप्रति प्रश्न उठेको बताए। ‘राज्यको कार्यकारी अंग सरकार हो। तर राज्यका अरू अंगहरू पनि छन्। जुन शक्ति पृथकीकरणको सिद्धान्तअनुसार […]


अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत

विष्णुप्रसाद पोखरेल / दमक, माघ २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले […]


लगानी सम्मेलनअघि कुन-कुन कानुनमा कस्तो संंशोधनका लागि गरियो सिफारिस ?

काठमाडौँ, माघ २७ गते । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलन अघि विभिन्न कानुनमा सुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिव एकनारायण अर्यालको संयोजकत्वमा […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter