• Wednesday, April 23, 2025

समाचार

संघीय गृहमन्त्रीसमक्ष प्रदेशका गृहमन्त्रीहरूको गुनासो : आफ्ना अधिकारहरू प्रयोग गर्न पाएनौँ

काठमाडौँ , मङ्सिर १२ गते । सातै प्रदेशका गृहमन्त्रीहरूले संघीय गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर सङ्घीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावना अनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडि बढाउन आग्रह गरेका छन् । मन्त्रीहरु गंगानारायण श्रेष्ठ, मोहम्मद समिम, सन्तोष कुमार पाण्डे, कृष्ण बहादुर जि.सी., शिवराज भट्ट, […]


एकसय बढीको आँखाको शल्यक्रिया

ताप्लेजुङ, मङ्सिर १२ गते । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमा एकसय बढी रोगीको आँखाको शल्यक्रिया गरिएको छ। मङ्गलबार सकिएको शिविरमा मोतियाविन्दु भएकासमेत कुल १३१ जना विरामीको आँखाको शल्यक्रिया गरिएको हो। नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौंको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा ६८ जना पुरुष र ६३ महिलासहित […]


सुकुम्वासी समस्या समाधान गर्न पुराना ऐन संशोधन गर्ने निर्णय भएको छ : प्रधानमन्त्री प्रचण्ड; प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मंसिर १३ गते दुबई प्रस्थान गर्ने

काठमाडौँ , मंसिर ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वेबसाइट सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्वासी समस्या समाधानका लागि क्याबिनेटले ऐन संशोधन गर्ने निर्णय गरेको बताए । ‘हेर्नुहोला सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । […]


काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय बैठक

काठमाडौँ , मंसिर ११ गते । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा […]


कोप–२८ मा जलवायु परिवर्तनको असरको क्षतिपूर्तिको कुरा उठाउनुपर्नेमा

काठमाडौँ , मंसिर १० गते । जलवायु परिवर्तनले पारेको प्रभाव स्वरुप नेपालले पाउनुपर्ने क्षतिपूर्तिको सम्बन्धमा कोप–२८ मा नेपालले दह्रो ढंगले कुरा राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आइतबार दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको ‘जलवायु परिवर्तन लक्षित नीति तथा योजनाहरुको तर्जुमा र कार्यान्वयनको सवालमा सांसदहरुको भूमिका तथा सरोकारवालाहरुको योगदान’ विषयक परामर्श बैठकमा बोल्दै सांसदहरुले […]


तीन महिनादेखि लगातार बढ्न थाल्यो ऋण लिनेको संख्या

काठमाडौं, मंसिर १० गते । गत फागुनमा कर्जाको ब्याजदर उच्च भएसँगै ऋण लिनेको संख्या घट्न थालेकोमा साउन लागेसँगै लगातार बढेको छ। गत फागुनमा बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)बाट ऋण लिनेको संख्या १८ लाख ५४ हजार ५९८ रहेकोमा त्यसपछि केही समय ऋण लिनेको संख्या घट्दै गयो। गत जेठमा ऋणी संख्या पुनः बढेर हालसम्मकै उच्च १८ लाख […]


पूर्वराजा ज्ञानेन्द्रशाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं, मंसिर ०९ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा […]


जनताले वर्तमान नेताहरूको विकल्प खोजिरहेका छन् : सभापति लामिछाने

रौतहट, मंसिर ०९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् । दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ। आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताएका हुन् । रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै […]


रविले भने– राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइपुगेको छु

काठमाडौँ , मङ्सिर ०८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । पार्टी सभापति लामिछानेले सांसद मनिष झालाई साथमा लिएर आठ जिल्लाको तीन दिने यात्रा थालेका हुन् । पहिलो दिन बारा र पर्सामा लामिछानेले सम्बोधन गरेका छन् । लामिछानेले पर्साको वीरञ्जगमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन […]


बेलायत जान नर्सलाई भाषाको समस्या, ७१ जनाको नाम ‘सर्ट लिस्ट’मा

काठमाडौँ , मङ्सिर ०८ गते । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter