
काठमाडौँ, कात्तिक १५ गते । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ । मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो । तर आयोगले यसबीचमा गरेका केही […]

लक्ष्मी सापकोटा / काठमाडौँ, कात्तिक १५ गते । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको हो । राजपुरबाट ७२७ किन्टल खरिद गरिएको कम्पनीले जनाएको छ । दसैँ बिदाका कारण केही दिन खरिदमा […]

मीना कंडेल / कावासोती, कात्तिक १४ गते । नवलपुरको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरैथोरै सुन्तला लगाउनेगरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौवारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षमा बजारका समस्या झेलेका यस […]

करुण अर्याल / लण्डन, कात्तिक १४ गते । अर्थमन्त्री डा. प्रकाश शरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन लण्डन आउनुभएका मन्त्री डा. महतले हरित ऊर्जा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा […]

गण्डकी, कात्तिक १३ गते । नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोटको अवलोकन गर्नुभएको छ । आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुग्नुभएका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका […]

करुण अर्याल / लण्डन, कात्तिक १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा अर्थमन्त्री डा. महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गर्नुभयो । उहाँले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै […]

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक १२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । कञ्चनजङ्घासहितका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि गाउँपालिकाले आधार शिविर क्षेत्रमा पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका […]

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक १२ गते । ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । खेतीमा संलग्न किसानले किवी फल आम्दानीको राम्रो स्रोत बनेको बताउनेगरेका छन् । फुङ्लिङ नगरपालिका –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको […]

स्याङजा, कात्तिक ११ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुलुकमा १२ वर्ष बिताए । विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गरे । उत्तरवाहिनी पशुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा […]

गण्डकी, कात्तिक ११ गते । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको […]