• Sunday, June 01, 2025

समाचार

साढे चार वर्षमा आधा काम पनि सम्पन्न भएन नारायाघाट–बुटवल सडक

बोमलाल गिरी / नवलपुर, मंसिर २० गते । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको छैन । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई […]


एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन; यस्तो आयो सरकारको धारणा

काठमाडौं, मङ्सिर १९ गते। सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि […]


पृथ्वीराजमार्गको कालोपत्रे धमाधम

अमरराज नहर्की / तनहुँ, मङ्सिर १९ गते। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार कार्य अन्तर्गत थप पाँच किलो मिटरको कालोपत्रे सुरु भएको छ। योजना पूर्वी खण्डको काम सुरु भएको हो। आँबुखैरेनी गाउँपालिका चोकदेखि मार्की चोकसम्मको साढे चार किलोमिटर सडकको कालोपत्र मङ्गलबार सुरु भएको हो। पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवका अनुसार गाउँपालिकाचोकबाट सुरु गरेर गत असार […]


सुन्तला उत्पादनमा वृद्धि हुँदा किसान उत्साहित

गल्याङ / मङ्सिर १८ गते । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनुकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँलामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँलाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँलामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको […]


बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग

रमेश विश्वकर्मा / गुल्मी, मंसिर १८ गते । गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् । तालिम कृषकका लागि अत्यन्तै उपयोगी भएको भन्दै बीउको कारोबारमा सहजता ल्याउन […]


कर्णाली नदीमा विश्वकै लामो र्‍याफ्टिङ हुने

काठमाडौँ, मङ्सिर १७ गते । अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड […]


अपाङ्गता भएकालाई अवसरको खाँचो

मीना कंडेल / कावासोती, मङसिर १७ गते । साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि अवसर नपाएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा नवलपुरमा भएको अभिमुखीकरण कार्यक्रममा तालिम दिने संस्थाहरूले जिल्लामा रहेका अपाङ्गता भएका […]


एक वर्षभित्र स्थायी आवास निर्माण गर्छौँ : सञ्चारमन्त्री शर्मा

प्रतीक इच्छुक शर्मा / सल्यान, मङ्सिर १६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ। सल्यान दार्मा गाउँपालिका ५ स्थित ढकाडामकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास तथा शौचालय निर्माणका स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘भूकम्प प्रभावित बस्तीमा समय […]


बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ आकर्षित

सिराज खान / नेपालगन्ज, मङ्सिर १६ गते। गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्। यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन्। डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक […]


सुन्तला प्रवर्द्धनका लागि डोको उपहार

राधाकृष्ण डुम्रे / वालिङ, मङ्सिर १५ गते। स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्। जिल्लाको चापाकोट नगरपालिकाबाहेक सबै पालिकामा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ। पछिल्लो समय स्याङ्जाको पुतलीबजार नगरपालिकाले सुन्तलाको […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter