राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ– नेता नेपाल

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीन दलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।

“अहिले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीबीचको एकता अत्यन्तै महत्वपूर्ण छ, जसरी एकताबद्ध भएर तीनपार्टी र अन्य दलले संविधान जारी गरे संविधान कार्यान्वयनका लागि र आउने निर्वाचनसम्म उनीहरुको एकता कायमै राख्नुपर्छ । तीन दलसहित विजयकुमार गच्छदार र मधेस केन्द्रित दलको समेत सहभागितामा राष्ट्रिय सहमति र एकताको सरकार गठन हुनुपर्छ,”–उहाँले भन्नुभयो ।
एक अर्को प्रसङ्गमा नेता नेपालले मधेस आन्दोलनप्रति लक्षित गर्दै भन्नुभयो, “मधेसी दलले जनताको मन जित्ने राजनीति गर्नुपर्छ, मधेसका जायज मागलाई सम्बोधन गर्न दलहरु तत्पर हुनुपर्छ, अहिलेको संविधानमा सबैभन्दा बढी मधेसी जनताले अधिकार पाएका छन्, तै पनि उनीहरुकै असन्तुष्टि किन बढिरहेको छ, तर मलाई विश्वास छ, उहाँहरु सहमतिमा आउनुहुन्छ ।” रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter