अब सम्पूर्ण सुविधासहित पोखरा–काठमाडौं आरामदायी यातायात सेवा

bus

पोखरा, असोज १९ गते ।

यातायात क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा पोखराका यातायात व्यवसायीले यात्रुलाई मध्यनजर गरी सम्पूर्ण सुविधासहित आरामदायी स्तरीय बस सेवा सञ्चालन गर्न थालेका छन् । पोखरा काठमाडौंका लागि स्तरीय पर्यटन बस, मिनिबस, माइक्रोबसको सुविधा उपलब्ध भैरहेको अवस्थामा त्यसलाई अझै व्यवस्थित बनाउँदै जगदम्बा ट्राभल्सले एसीसहित यात्रुलाई खाना, खाजा, चिया, चिसो तथा शौचालयको सुविधा सम्पन्न बस सेवा दसैँको घटस्थापनाबाट सञ्चालन गर्ने जनाएको छ ।

सञ्चालक केशवप्रसाद अधिकारीले यात्रुलाई सुपर डिलक्समार्फत सेवा दिने तयारी अन्तिम चरणमा पुगेको भन्दै हवाई जहाजमा जस्तै आरामदायी यात्रा दिने गरी यातायात सञ्चालन गर्न लागेको बताए । उक्त बस पृथ्वी राजमार्ग बस व्यवसायी समितिमार्फत सञ्चालन हुनेछ ।

अशोक लेल्याड कम्पनीको २०३ चिता मोडलको बसलाई अत्याधुनिक सुविधा सम्पन्न सुपर डिलक्स बसबाट सेवा दिन लागेको पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । यो मोडलको बसमा अन्यमा ३२ सिट हुने भए पनि अत्याधुनिक बनाउदाँ २१ सिट मात्रै क्षमताको बनेको छ ।

बसको एउटा सिट मात्रै बनाउन करिब १ लाख ३६ हजार रुपैया लागेको पोखरा जगदम्बा ट्राभलका सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए । सिटलाई तलमाथि र सुत्नका लागि पनि मिल्ने र सिटलाई रिमोटबाटै तलमाथि गर्न सकिने बताए । यात्रुको सेवाका लागि चालकबाहेक दुई जना महिला कर्मचारी (गा्रउन्ड होस्टेज)को व्यवस्था गरिएको छ ।

उनले एसी र हिटको व्यवस्था रहेको बताउँदै कोट ज्याकेट पनि सिटमै राख्न मिल्ने बताए । उनले बसमा स्र्पिङ्ग पत्ताका ठाउँमा एयर सपेन्सन रहेका कारण बढी उफार्ने समस्या नरहने बताए । टु इन वान सिट रहने बसमा टेलिभिजन, माइक, वाइफाइ सेवा र प्रत्येक सिटबाट चालकलाई जानकारी दिने बटम समेत रहेको छ ।

बस सञचालन भएको १५ मिनेटपछि यात्रुको इच्छाअनुसार पानी चिया, कफि, चिसो र खाजाको समेत व्यवस्था हुने संचालक अधिकारीले बताए । उनले यात्रुको सामानको सुरक्षाका लागि ट्रयागको समेत व्यावस्था गरेको बताए । बसमा यात्रा गर्दा पोखराका काठमाडौको भाडा दर नेपालीका लागि २ हजार रुपैया र विदेशीका लागि २ हजार ५ सय निर्धारण गरिएको छ । उक्त आरामदायी सेवासंगै हवाईजहाजको सुविधा लिन नसक्ने मध्यमवर्गीय नागरिक लाभदायी बन्ने छन् ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter