स्याउ निर्यातबाट रु सवा दश करोड आम्दानी

apple

जुम्ला, २० असोज । जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै रु सवा १० करोड रुपैयाँ आम्दानी गरेको छ ।

कूल २९ सय हेक्टर जमीनमध्य ७५० हेक्टरमा उत्पादित चार हजार १२५ मेट्रिकटन स्याउमा दुई हजार नौ सय मेट्रिकटन निर्यात गरिएको थियो । जसबाट जुम्लाले रु १० करोड १५ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

गत वर्ष पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गरेको जुम्लाले यस वर्ष भने करिव १८ प्रतिशत घाटा खानुपरेको छ । गएको जेठमा परेको असिनापानीले फल झारेका कारण स्याउ उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत महतको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको आव २०६९÷७० देखि २०७२÷७३ सम्मको स्याउ उत्पादन तथा निर्यातको अभिलेखअनुसार स्याउ उत्पादकत्व दर २०७१÷७२ मा ७ दशमलव ८ रहेकोमा अहिले ५ दशमलव ५ मा खुम्चिनु परेको अवस्था छ ।

कार्यालयका अनुसार प्रतिकिलो रु तीन हजार ५०० का दरले किसानले बिक्री गरेको स्याउबाट असोज महिनासम्म जुम्लाले रु १० करोड १५ लाख अन्तर जिल्लाबाट आम्दानी गरेका छ । कूल उत्पादित स्याउको आँकडाअनुसार रु १४ करोड ४३ लाख ७५ हजार जुम्लाले आम्दानी गर्ने देखिन्छ ।

गतवर्ष जुम्ली किसानको घरबाट प्रतिकिलो स्याउको रु ३० बजार भाउ थियो । जसबाट रु १२ करोड ३० लाख आम्दानी भएको थियो । त्यसवर्ष सबैक्षेत्रको स्याउ कारोबारबाट झण्डै रु १७ करोड आम्दानी गरेको थियो ।(रासस)

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter