फेसबुकबाट फोटो मार्केटिङ 

-योगीशकृष्ण

Photo frameमित्रवर बन्धु व्यस्त थियो । उ घरि घरि कसैलाई फोन गर्ने प्रयास गरिरहेको थियो । ऊ घरि तारेफोन त कहिले मोबाइलमा नम्बर डायल गरिरहन्थ्यो ।

यसलाई के भयो आज ? कुनै गम्भीर समस्यामा त परेन ?

उसले जबाफ दियो “समस्या नै समस्या छ । फोन नै लाग्दैन ।”

“ए बाबा । दूरसञ्चारको फोन हो । यसमा समस्या नभए केमा हुन्छ त । कहिले नेटवर्क बिजि घण्टौँसम्म भइराख्छ त कहिले सिग्नल अफ हुन्छ ।”

“तिमी कुरै बुझ्दैनौँ यार ।

म झापाका एक जना साथीलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छु ।”

ऊ व्यस्त थियो । उसको फोन लागिरहेको थिएन । मेरो धैर्य समाप्त हुन लागेको थियो । म फर्किन के खोजेको थिएँ उसले पर्खने इशारा गर्यो, त्यसैगरी, जसरी व्यस्त नेताले कार्यकर्तालाई गर्छ ।

लामो सास तानेर छोडदै ऊसले भन्यो “लागेन यार । बिहानदेखि  फोन गर्न खोजेको लागेकै होइन ।”

बन्धुलाई झापाप्रति यत्रो मोह किन ?

उसले जबाफ दियो “म आठ नौ वर्षअघि उता गएको थिएँ ।”

“अनि के भो त ?”

“अनि के भो त ?”

उसले आँखा चिम्म गरेर केही सम्झेझैँ गरेर उसले भन्यो “त्यस दिन त्यस दिन झापामा केपी ओलीको कार्यक्रम थियो । मानिसहरु क्यामेरा र मोबाइलबाट फोटे खिचिरहेका थिए । कसैले खिचेको फोटोमा म पनि पक्कै देखिएको हुँला ।  त्यस्तै फोटो खोजिदिनका लागि  उसलार्इं फोन गर्न खोजेको लाग्दै लागेन ।”

“त्यतिखेर किन नखोजेको त । ”

त्यतिखेर भर्खर पहिलो सविधानसभाको निर्वाचन सकेको थियो । त्यही भएर ल्याइएन नि ।”

मलाई दिक्क लाग्यो” संविधानसभा निर्वाचन र फोटोको के सम्बन्ध ?

उसले जबाफ दियो संविधानसभा निर्वाचनमा एमालेको तेस्रो स्थान थियो । त्यसमाथि केपीले निर्वाचन हार्नु भएको थियो ।

उसको अर्थ न बर्थको जबाफ मैले बुझ्नै सकिँन ।

अन्तिममा मैले सोधेँ “त्यो फोटो किन चाहियो त अहिले ?”

उसले जबाफ दियो “ फेसबुकमा राख्न । मेरो पनि थोरै भए पनि मार्केट बढथ्यो कि ।”

मार्केट के गरी बढछ ?

केपीसँग बसेको फोटो फेसबुकमा राखेपछि मेरो मार्केट बढछ । उनी देशको प्रधानमन्त्री हुन् ।

बन्धुको मार्केट कसरी बढछ त्यो त मलाई थाहा छैन । हाम्रो मानसिकताको मार्केट मैले बुझेर सुझाव दिएँ हेर, तिमीले खोजेको फोटो पाउँछौ कि पाउँदैनौ, थाहा छैन । पोहर साल तिमी नेपालगञ्जका साथीलाई फोन गर्दै थियौ । यस वर्ष झापा फोन गर्दै छौ । अब भविष्यका लागि तयारी आरम्भ गर ।

बन्धु भविष्यको तयारीमा जुटेको छ ।

पाठकहरु,नेताहरूको नजिक बसेर फोटो खिचाउने मानिस कतै दखियो भने चिन्नूस्, त्यो मेरो मित्र बन्धु हो  ।

(yogiskrishna81@gmail.com)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter