जनताको विश्वास गुम्न दिने छैन –प्रधानमन्त्री ओली

Oli after nominationभद्रपुर, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त गराई दुई वर्षको अवधिमा प्रत्येक नेपालीको आफ्नो घरको सुनिश्चितताका लागि आफू क्रियाशील रहने कुरामा जोड दिनुभयो ।

उहाँले देशमा अमनचयन, सुशासन र शान्ति कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापना गराउन लगानीमैत्री वातावरण सिर्जना गर्ने सङ्कल्प गर्नुभयो ।

लोकतान्त्रिक विधि र प्रक्रिया पूरा गरेर नयाँ संविधान जारी भएको भन्दै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको जरुरत रहेको बताउनुभयो ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानले नेपाली जनताको शिर ठाडो बनाई स्वाभिमानी बनाएको बताउनुभयो । उहाँले कठिन परिस्थितिमा पनि वर्तमान सरकारलाई एमालेले हरतरहले सफल बनाउने बताउँदै निठर भएर देश र जनताको भलाइमा काम गर्न आग्रह प्रधानमन्त्रीलाई गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भर्खरै जारी भएको नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सम्बृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीले वर्तमान सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्ने बताउनुभयो ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेश आन्दोलनले देश र जनताको स्वाधीनतामा आँच पु¥याएको र जनजीविकालाई कष्टकर गराएकाले तत्काल वार्तामा आउन आन्दोलनरत मधेशी मोर्चालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यसमिति र जिल्लाका विभिन्न सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको थियो । त्यसैगरी कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेल, एमाले महासचिव पोखरेल, काँग्रेस महामन्त्री सिटौला र माले महासचिव मैनालीलाई पनि अभिनन्दन पनि गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter