सरकार—मोर्चा वार्ता, लचिलो हुन एक अर्कालाई आग्रह

Morcha leadersकाठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् ।

मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरुले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताउनुभयो ।

”सीमाङ्कनको टुङ्गो लाग्ने वित्तिकै परिस्थिति सहज हुने उहाँहरूले बताउनुभयो भने बीचको बाटो अपनाएर आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न हामीले अनुरोध ग¥यौँ तराईमा दुई प्रदेश हुनुपर्ने पुरानो माग उहाँहरुले दोहो¥याउनुभएको र आफूहरुले लचिलो हुन आग्रह गरेको जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो ।

सबैले अनुभूत गर्ने गरी सार्थक वार्ता गरेर परिणाममा पुग्नुपर्नेमा आफूहरुले जोड दिएको र मोर्चालाई अडानमा अडिग रहिरहन उपयुक्त नहुने भन्दै अधिकतम लचिलो हुन अनुरोध गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

मोर्चाको वार्ता टोलीका सबै सदस्य राजधानीमा नरहेकाले आगामी आइतबार पुनः वार्ता गर्नेगरी आजको बैठक टुङ्गिएको मन्त्री शर्माले बताउनुभयो ।

गत सोमबार सरकारले उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्व वार्ता टोली गठन गरेको थियो । टोली गठनसँगै हिजो पहिलो चरणमा वार्ता भएको थियो ।

आजको वार्तामा टोलीका संयोजक उपप्रधानमन्त्री थापा, मन्त्री शर्मा र बिना विभागीय मन्त्री रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट तराई मधेस (लोकतान्त्रिक) पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल र लालबाबु राउत सरिक हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter