आज विजयादशमी मनाइँदै ; प्रधानमन्त्री, उपराष्ट्रपति, राष्ट्रपति द्वारा शुभकामना व्यक्त

Dashain Tikaकाठमाडौँ, ५ कात्तिक । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ ।

दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

दसैँका अवसरमा राष्ट्रपति डा रामवरण यादवले दिनुभएको शुभकामना सन्देशमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रमुख राजनीतिक मुद्दा निरुपण भएको पृष्ठभूमिमा अब सम्पूर्ण सोच र शक्ति आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लाग्नुपर्ने जनाउनुभएको छ ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो र अथक सङ्घर्षको परिणामस्वरुप जननिर्वाचित संविधानसभाबाट गएको असोज ३ गते नेपालको संविधान जारी भएको उल्लेख गर्नुभएको छ ।

केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका सामान आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले चाँडपर्वको बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरु व्योहोर्नु परिरहेको बताउँदै आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका साथ पहल थालिसकेको उल्लेख गर्नुभएको छ । चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो जटिल र कठिन परिस्थितिमा आम देशवासीले देखाउनु भएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको सम्मान गर्ने उल्लेख गर्नुभयो ।

साथै, उपराष्ट्रपति परमानन्द झाले नेपालीहरुको महान पर्व वडादसैँ तथा विजया दशमी २०७२ को अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter