बाँकेका विपन्न महिला च्याउखेतीबाट आत्मनिर्भर

Mushroonबाँके (खजुरा), ६ कात्तिक । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले, समूह नै गठन गरी अहिले व्यावसायिकरुपमा च्याउखेती सुरु गरेका हुन् ।

आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सफल भएको पर्वत महिला लघु उद्यम समूहकी कलावती केवटले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवटलाई चार छोराछोरीलाई पढाउन त्यति सजिलो थिएन । श्रीमान्ले मजदूरी गरेर कमाएको पैसाले रोजीरोटीसँगै धौधौले छोराछोरीको मासिक शुल्क बुझाउन पुग्थ्यो, तर हिमाल महिला लघु उद्यम समूहमा आबद्ध भएर व्यावसायिक च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ भने एउटी छोरीलाई उच्च शिक्षा दिइरहनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि जिल्लामा अहिले विपन्न समुदाय व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ ।

घरमा खानका लागि पनि सजिलो हुने र आम्दानी पनि हुने भएपछि कञ्चन केवटलाई च्याउखेतीले सन्तुष्ट बनाएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन यो वर्ष मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ ।

त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनोट गरी रु १६ लाख रकम वितरणको तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter