राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार थालिँदै

President Houseकाठमाडौँ, ६ कात्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।

“सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,”– निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय समेत पाउन सक्ने सम्भावनालाई उहाँले नकार्नुभएन । ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter