कुष्ठरोग निवारण भएको जिल्ला बन्यो कन्चनपुर

Leprosyकञ्चनपुर, ७ कात्तिक । कञ्चनपुर जिल्लामा कुष्ठरोग निवारण भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी देखा परे यसलाई कुष्ठरोग निवारण भएको मानिन्छ ।

कञ्चनपुरमा कुष्ठरोग निवारण दर त्योभन्दा कम शून्य दशमलव ५ प्रतिशत रहेको जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत उद्धव ठगुन्नाले बताउनुभयो ।

“जिल्लाको कुल जनसङ्ख्यामा ३५ जनामा मात्रै कुष्ठरोग रहेको छ,” उहाँले भन्नुभयो । स्वास्थ्य संस्थामा निःशुल्क कुष्ठरोगको उपचार हुने गरेको र कुष्ठरोग लागेका व्यक्ति जनचेतनाका कारण स्वास्थ्य संस्थामा पुग्न थालेका कारण कुष्ठरोगको निवारण हँुदै गएको क्षय कुष्ठरोग अधिकृत ठगुन्नाले बताउनुभयो । विसं २०४५ देखि यहाँ कुष्ठरोग निवारण कार्यक्रम लागू भएको थियो । कार्यक्रमको प्रभावकारिताले कुष्ठरोगी घट्दै गएका हुन् ।

अधिकृत ठगुन्नाका अनुसार गत वर्ष ४६ जना कुष्ठरोगी रहेकामा अहिले घटेर ३५ जना कुष्ठरोगी मात्रै रहेका छन् । माइक्रो ब्याक्टेरियम लेप्रे नामक आँखाले देख्न नसकिने कीटाणुको माध्यमबाट सर्ने कुष्ठरोगको बेलैमा उपचार गरे पूर्णरुपमा निदान गर्न सकिने उहाँले बताउनुभयो ।

समाजमा लाञ्छना लाग्ने डर र रोग लुकाउने प्रवृतिले कुष्ठरोगका रोगी विगतमा ढिलो स्वास्थ्य संस्थामा आउने कारणले अङ्गभङ्ग हुने सम्भावना बढी थियो । रोगको लक्षण देखिँदै बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेकाले रोग निवारणमा योगदान पुगेको उहाँको भनाइ छ ।

स्वास्थ्य संस्थामा कुष्ठरोगीले नियमित उपचार पूरा गरेपछि रु एक हजार यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था रहेको छ । ‘मल्टी बेसिलरी’ भएका कुष्ठरोगीको १२ महिना र अन्यको छ महिनासम्म नियमित औषधि ख्वाउन दिएर उपचार गर्ने गरिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter