पर्वतीय पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाइने

NMAकाठमाडौँ, १५ कात्तिक । नेपालको पर्वतीय पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आज आफ्नो ४२औँ वार्षिकोत्सव एक कार्यक्रम गरी मनाएको छ ।

नागपोखरीस्थित सङ्घको कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की तथा आरोही र पर्यटन क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

सो अवसरमा सङ्घले हरेक वर्ष प्रदान गर्दै आएका तीन बिधाका पुरस्कार घोषणा गरेको छ ।

ती पुरस्कारहरु क्रमशः कुमार खड्गबिक्रम साहसिक पुरस्कार पर्वतारोहण प्रशिक्षक छिरिङ वाङ्दे भोटेलाई, डा हर्क गुरुङ अनुसन्धान पुरस्कार ग्रामीण सञ्चारप्रविधि विज्ञ महावीर पुन र नावानुर्बु शेर्पा पत्रकारिता पुरस्कार पत्रकार नारायण भण्डारीलाई प्रदान गरिनेछ ।

उक्त पुरस्कारमा प्रत्येकलाई एक तोला सुन र दुई तोला चाँदीसहितको तक्मा रहेको छ ।

सोही अवसरमा पर्यटन सचिव थपलियाले सङ्घको झण्डोत्तोलन गर्दै भूकम्पपछिको पर्यटन पवद्र्धनका लागि सबै व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले गुणस्तरीय पर्यटनका लागि आवश्यक प्रशिक्षणलगायतका कार्यक्रमको आवश्यकता औँल्याउँदै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

सचिव थपलियाले पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सङ्घलाई थप प्रभावकारी बनाउन मन्त्रालयले वार्षिक बजेटको व्यवस्थासमेत गर्ने बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक कार्कीले सङ्घको भूमिका राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको भन्दै यसको साखलाई जोगाई पर्वतीय पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले पर्वतारोहीको प्रशिक्षणलगायतका कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter