मोटरेबल पुल बनेपछि नौ गाविस सडक सञ्जालसँग जोडिए

myagdi_districtम्याग्दी, १६ कात्तिक । दरवाङ र देवीस्थान गाविसको सिमानामा पर्ने म्याग्दी नदीमा पक्की मोटरेबल पुल बनेपछि जिल्लाको पश्चिमी क्षेत्रका नौ गाविस सिधा सडक सञ्जालसँग जोडिएका छन् ।

म्याग्दी नदीमा पुल नहुँदा दरवाङ माथिका गाविसमा यसअघि सडक निर्माण भए पनि यातायात सुविधा थिएन । सडक डिभिजन कार्यालय बागलुङले रु छ करोडको लागतमा निर्माण गरेको पुल आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । ४६.२० मिटर लामो मोटरेबल पुल सञ्चालनमा आएपछि सदरमुकाम बेनीदेखि देवीस्थान, ताकम, मुना, लुलाङ, गुर्जा, मुदी, निस्कोट, रुम र ओखरबोट गाविसका बासिन्दा लाभान्वित भएका छन् ।

उक्त मोटरेबल पुलले बागलुङको बोङ्गादोभान र लामेला तमान गाविस पनि सिधा सडक सञ्जालमा जोडिएका म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका सभापति मोतिराज गौतमले बताउनुभयो ।

म्याग्दी खोलामा बनेको पुल सञ्चालनमा आएपछि सदरमुकाम बेनीदेखि दरवाङ हुँदै ताकम र बिमको नरालेसम्म सिधा यातायात सेवा सुरु भएको छ ।

ताकमका लागि बिहान ८ बजे र नरालेका लागि ९ बजे माइक्रोबस छुटाउने म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार ताकम र नरालेबाट पनि सोही समयमा एक एकवटा गाडी छुट्नेछन् । इन्धन सङ्कटको समस्या सुल्झिएपछि बेलुकाको समयमा पनि गाडी छुटाउने समितिको योजना छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter