संविधानको संरक्षणमा भूमिका निर्वाह गर्छु – राष्ट्रपति भण्डारी

Bidhya

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई युवा सङ्घ नेपालले आज बधाई दिएको छ ।

सङ्घका पूर्व इन्चार्च तथा पदाधिकारीसहितको प्रतिनिधि मण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा भेट गरी उहाँको कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएको हो ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, पार्टीका केन्द्रीय सदस्य शेरधन राई, सङ्घका अध्यक्ष राजिव पहारी तथा पूर्वअध्यक्ष निरु पालसहितको प्रतिनिधि मण्डल त्यहाँ पुगेको हो ।

उक्त भेटघाटका क्रममा राष्ट्रपति भण्डारीले संविधानबाट प्रदत्त राष्ट्रपति पदको गरिमालाई कायम गर्दै संविधानको संरक्षणमा भूमिका निर्वाह गरी देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

यसैबिच, राष्ट्रपति भण्डारीले स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारीलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार राष्ट्रपति भण्डारीले राजपत्राङ्कित विशिष्ठ श्रेणी सरहको स्वकीय सचिव पदमा अधिकारीलाई नियुक्त गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter