सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस, समुदायमा पूर्वतयारीको आवश्यकता

disasterकाठमाडौँ, १६ कात्तिक । विपद् जोखिम न्यूनीकरणमा परम्परागत, रैथाने तथा स्थानीय ज्ञान र प्रयासको प्रयोगबारे चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस, २०७२ का अवसरमा सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल–नेपालले आज आयोजना गरेको कार्यशालामा वक्ताले कुनै पनि बेला हुन सक्ने विपद्को समयमा पहिलो उद्धारकर्मी समुदाय नै हुने भएकाले उनीहरूले प्राप्त गरेको ज्ञानलाई अभिवृद्धि गर्दै पूर्वतयारीबारे सचेत गराउनुपर्ने बताउनुभयो ।

गृह मन्त्रालयका उपसचिव प्रदीप कोइरालाले वैशाख १२ गते भूकम्पपछिको पुनःनिर्माण सरकारले मात्रै भन्दा पनि सुमदायको पनि सहयोग हुनुपर्ने बताउँदै विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई नै सक्रिय बनाउनुपर्छ भन्नुभयो ।
राष्ट्रिय महिला आयोगका सदस्य धनेश्वरी चौधरीले पूर्वतयारीबारे ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्नेमा जोड दिँदै ‘गोरखा भूकम्प’मा सबैभन्दा बढी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित भएको हुँदा त्यो समुदायलाई लक्ष्य गरेर कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो ।

यस वर्षको अन्तर्राष्ट्रिय विपद् दिवसको नारा ‘विपद् जोखिम न्यूनीकरण ः जीवनोपयोगी ज्ञान’ रहेको छ । विश्वव्यापी रूपमा मनाउने कार्य संयुक्त राष्ट्र सङ्घको साधारणसभाबाट स्वीकृत भएपछि सन् १९८९ देखि प्रारम्भ भएको यस दिवसले विपद् जोखिम न्यूनीकरण, संरक्षण, अल्पीकरण र पूर्वतयारीका कार्यलाई विश्वव्यापी संस्कृतिका रूपमा विकास गर्ने मार्गप्रशस्त गरेको पाइन्छ ।

राष्ट्रिय सञ्जाल–नेपालका अध्यक्ष जगन्नाथ कुर्मीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यक्रमको योजना निर्माण तथा कार्यान्वयनमा रैथाने अर्थात् स्थानीय समुदायलाई सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter