बेकह्यामले विद्यार्थीसँग फुटबल खेले

David Beckham

भक्तपुर, २० कात्तिक । बेलायतका फुटबल खेलाडी डेबिट बेकह्यामले आज यहाँको एक विद्यालयका भूकम्पपीडित विद्यार्थीसँग फुटबल खेल्नुभएको छ ।

उहाँले पाँचतले मन्दिर परिसरमा र दरबार स्क्वायरमा रहेको पद्म उमाविका कक्षा ८, ९ र १० का छात्र तथा छात्रासँग करिब १० मिनेट नीलो र रातो टोली बनाएर टौमढी स्वायरमा फुटबल खेल्नुभएको हो ।

उहाँले एसियाली मुलुकको नेपाल छानेको र त्यसमा पनि भक्तपुरको ऐतिहासिक स्कुलका पीडित विद्यार्थीसँग फुटबल खेलेकामा गर्व लागेको स्कुलका प्राचार्य राम हाडाले बताउनुभयो ।

बेकह्यामले स्कुलमा गएर भूकम्पीय क्षतिबारे जानकारी लिनाका साथै भूकम्पपीडित विद्यार्थीसँग कुरा पनि गर्नुभयो । बिबिसीको संयोजनमा युनिसेफका सद्भावनादूत समेत रहनुभएका बेकह्याम भूकम्पपछिको अवस्थाबारे बुझ्न र बिबिसीको युनिसेफले निर्माण गर्न लागेको वृत्तचित्र छायाङ्कनका लागि नेपाल आउनुभएको हो ।

बेकह्याम आज बिहान त्रिभुवन विमानस्थल उत्रिएर सिधै भक्तपुर आउनुभएको थियो । बेकह्याम विमानस्थलबाट भक्तपुरको सल्लाघारीसम्म माइक्रोबस र सल्लाघारीबाट सफा टेम्पो चढेर दरबार स्क्वायर आउनुभएको थियो । उहाँलाई हेर्न सर्वसाधारणको निकै घुइँचो लागेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter