चितवनमा सडक बालबालिकारहित सहर बनाउने अभियान सुरु

Chitwanचितवन, २१ कात्तिक । सरकार र निजी क्षेत्रको साझेदारीमा सडक बालबालिकारहित सहर बनाउने अभियान चितवनमा सुरु गरिएको छ ।
सहरमा हुने अधिकांश बालबालिका दुव्र्यसनमा लागेको पाइएपछि उनीहरुको उपचारसँगै सहरलाई सडक बालबालिकारहित बनाउन अभियान थालिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन अधिकारीको नेतृत्वको टोलीले तयार गरेको अनुसन्धान प्रतिवेदन प्रभावकारी देखिएपछि नेपाल प्रहरीले चितवनमा पाइलट परियोजनाका रुपमा काम सुरु गरेको हो ।

औपचारिकरुपमा यही कात्तिक १४ गते प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले अभियानको थालनी गर्नुभएको हो । विगत दुई महिनायता प्रहरी नायब उपरीक्षक अधिकारीबाट जिल्लाका सहरी क्षेत्रमा नै अनुसन्धान गरिएको हुँदा कामको प्रभावकारिता देखिन थालेको छ ।

उहाँका अनुसार हालसम्म २७ जना दुव्र्यसनीमा लागेका सडक बालबालिकालाई आठवटा सुधार गृहमा राखेर उपचार थालिएको छ । चितवनको सहरी क्षेत्रमा १५६ जना सडक बालबालिका रहेको दियालो परिवार नामक गैरसरकारी संस्थाले गत वर्ष गरेको सर्वेक्षणले देखाएको छ । यस अभियानको क्रममा ३० जना सडक बालबालिकामाथि गरिएको अनुसन्धानमा सबै दुव्र्यसनी पाइएको उहाँले बताउनुभयो ।

यसअघि दियालो परिवारले गरेको अनुसन्धानमा भने ७५ प्रतिशत दुव्र्यसनी र ४३ प्रतिशत चोरी कार्यमा संलग्न भएको पाइएको थियो । अभियानका सहकार्यक्रम संयोजकसमेत रहनुभएका अधिकारीका अनुसार अनुसन्धानको क्रममा १० देखि १८ वर्षसम्मका सडक बालबालिका भेटिएको र उनीहरु कानुनी द्वन्द्व, यौनशोषण र श्रमशोषणमा परेको, दुव्र्यवहार गरिएको, अपराधको साधनको रुपमा प्रयोग गरेको पाइएको छ ।

त्यसैगरी १३ वर्षीया एक बालिका १८ पटकसम्म चोरी कार्यमा संलग्न भएको पाइएको छ । चितवन र आसपासका जिल्लाबाट सहरी क्षेत्रमा भेला भएका सडक बालबालिकामध्ये २० प्रतिशत बालिका रहेका छन् । सडक बालबालिकालाई सुधार गृहमा राखेर नैतिक शिक्षा, योगलगायतका गतिविधिसँगै शिक्षा र सीप सिकाइने उहाँले बताउनुभयो । सकारात्मक शिक्षामार्फत उनीहरुलाई सकेसम्म पुनर्मिलन गराउने उद्देश्यका साथ अभियान चलाइएको छ ।

अभियान सञ्चालनका लागि अभियानको संरक्षक रहनुभएका प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीले मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाका तर्फबाट रु ५० हजार र संयोजक प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले रु ५० हजार उपलब्ध गराउनुभएको छ ।

सहकार्यक्रम संयोजक अधिकारीले आफ्नो निजीतर्फबाट टोकनका रुपमा रु पाँच हजार १०५ बाट सङ्कलन गरिएको आर्थिक सङ्कलन अभियानअन्तर्गत हालसम्म रु दुई लाख सङ्कलन भइसकेको बताउनुभयो ।

अभियानमा महिला अधिकारकर्मी मीना खरेल, एसओएस बालग्राम भरतपुरका प्रबन्ध निर्देशक भोलानाथ पौडेल, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घलगायतका सरोकारवाला सबै सक्रियरुपमा सहभागी भएका छन् । अभियान प्रभावकारी भएमा सडक बालबालिकाका कारण हुने चोरी, लुटपाटका घटनामा समेत कमी आउने अनुमान गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter