टिम्बर कर्पाेरेसनले सर्वसाधारणलाई दाउरा बिक्री गर्ने

firewoodकाठमाडौँ, २४ कात्तिक । द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडले मुलुकमा देखिएको ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई दाउरा बिक्रीवितरण गर्ने भएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयको आजको निर्णयपछि टिम्बरले तिहारअघि नै राजधानीमा सर्वसाधारण तथा आवश्यक निकायलाई खाना पकाउन ३०० चट्टा दाउरा भित्र्याएर बिक्रीवितरण गर्र्ने तयारी थालेको छ ।

वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बरले राजधानीवासीलाई तत्काल वैकल्पिक ऊर्जाका रुपमा दाउरा उपलब्ध गराउन बिदामा समेत काम गर्नेगरी तयारी थालेको मन्त्रीका स्वकीय सचिव युवराज दुलालले राससलाई जानकारी दिनुभयो ।

मन्त्री सापकोटाको निर्देशनलगत्तै टिम्बरले मुलुकका विभिन्न भागबाट दाउरा ढुवानीका लागि भन्दै नेपाल आयल निगमसँग इन्धनका माग गर्दै पत्राचार गरेको टिम्बरले जनाएको छ ।

टिम्बरले वन व्यस्थापनबाट प्राप्त हुने काठ दाउरा व्यवस्थित रुपले चिरानसमेत गरी सरकारका तर्फबाट सर्वसाधारण, दैवीप्रकोप पीडित परिवार, कृषि औजार, दाहसंस्कारलगायत कार्यलाई सहुलियत एवम् निश्चित मूल्यमा र औद्यौगिक तथा व्यापारिक प्रयोजनका लागि सरल तथा सर्वसुलभ आपूर्तिको काम गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter