पर्वतको पातीखोला रेन्बो ट्राउट फार्म नेपालकै उत्कृष्ट

parbat_districtपर्वत, २६ कात्तिक । पर्वत जिल्लाको पहिलो बाजुङस्थित पातीखोला रेन्बो ट्राउट नेपालकै उत्कृष्ट फार्म घोषित भएको छ । विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ पातीखोला रेन्बो ट्राउट फार्म उत्कृष्ट मुलुककै उत्कृष्ट फार्म घोषित भएको हो ।

मुलुकभर सञ्चालित २९ फार्मलाई पछि पार्दै पातीखोला रेन्बो ट्राउट उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । फार्मको स्वच्छता, पानीको अवस्था, उत्पादन, बिक्री वितरणको अवस्थालाई मूल्याङ्कन गर्दै मन्त्रालयले पुरस्कृत गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । पातीखोला रेन्बो ट्राउट फार्मले डेढ वर्षअघिदेखि उत्पादन थालेको हो ।

झन्डै ५० लाखको लागतमा उक्त फार्म सञ्चालनमा आएको थियो । फार्मका अध्यक्ष यमप्रसाद शर्माले पर्वत जिल्लामा नै पहिलोपटक सञ्चालनमा ल्याएको फार्म डेढ वर्षमा नै नेपालको उत्कृष्ट हुन सक्ने आफूले नसोचेको बताउँदै पुरस्कारले अन्य सफलता हात पार्न सहयोग गरेको बताउनुभयो । “पुरस्कार प्राप्त गरेपछि फार्मलाई अझै व्यवस्थित बनाउन प्रोत्साहन मिलेको छ” – उहाँले भन्नुभयो ।

फार्मले उत्पादित माछा पोखरा, पर्वतकै अम्बोट र बागलुङलगायतका क्षेत्रमा एक महिनाको अवधिमा रु दुई लाखभन्दा बढी मूल्यको माछा बिक्री गर्दै आएको छ ।

पर्वत जिल्ला असला माछाका लागि परिचित भएकाले चिसो पानी हुने क्षेत्रमा असला माछाको झल्को मेटाउने गरी रेन्बो ट्राउट माछापालनलाई कृषि विकास कार्यालय पर्वतले समेत प्रोत्साहन गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter