बिहान–बेलुका लोडसेडिङ मुक्त गर्ने सरकारको तयारीः उर्जामन्त्री

Top Bahadur Rayamajhi

ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको समस्या समाधानका लागि बैकल्पिकरुपमा थर्मल प्लाण्ट तथा विद्युतीय ऊर्जाको विकास गर्नुपर्ने उहाँको भनाइ रहेको थियो । उहाँले मधेसी मोर्चाले उठाउँदै आएको मागलाई सम्बोधन गर्न सरकारको तर्फवाट गहनरुपमा छलफल भइरहेको पनि बताउनुभयो ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय सङ्कटको सामना गर्न एकतावद्ध भई आम नेपाली लाग्नुपर्नेमा जोड दिनुभयो । मधेसी मोर्चाको माग वार्ताबाटै समाधान हुने बताउँदै उहाँले दुबै पक्षबीच वार्ता चलिरहेको अवस्थामा आन्दोलन गर्न नहुनेमा जोड दिनुभयो ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको अघोषित नाकाबन्दीले यहाँको जनजीवन कष्टकर बन्दै गएकोले समाधानका लागि गम्भीररुपमा कुटनीतिक पहल भइरहेको बताउनुभयो । उहाँले नेपालमा भएको स्रोतसाधनलाई उपयोग गरेर आम नेपाली आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter