ताल ठेक्कामा दिएर विद्यालयलाई सघाउँदै सामुदायिक वन

community forestकञ्चनपुर, ४ मङ्सिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ सिसैयामा रहेको वृन्दावन सामुदायिक वनले आफ्नो स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ ।

वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक वनले दुईवटा विद्यालयको भौतिक निर्माण र फर्निचर निर्माणका लागि खर्च जुटाउने कार्य गर्दै आएको छ ।

असीग्राम माध्यमिक विद्यालय र मङ्गल प्राथमिक विद्यालयलाई रु ३५ हजारका दरले प्रतिरकम प्रदान गर्ने व्यवस्था मिलाइएको सामुदायिक वनका पूर्व सचिव तेजबहादुर सुनारले बताउनुभयो । सामुदायिक वनले प्रदान गर्दै आएको रकमबाट फर्निचर निर्माण र भौतिक पूर्वाधारमा लगानी गरिँदै आएको असीग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर ऐरले बताउनुभयो ।

सामुदायिक वनले रकम दिन थालेपछि विद्यालयमा फर्निचरको अभाव पूर्ति हुँदै आएको छ उहाँले भन्नुभयो – “विद्यालयको आर्थिक अवस्था निकै दयनीय भएकाले सामुदायिक वनले रकम प्रदान गर्दा पठनपाठनका सघाउ पुगेको छ ।”

रकमसँगै दुवै विद्यालयलाई ५० क्यूविक फुट बढी सालको काठ समेत फर्निचर निर्माणका लागि सामुदायिक वनले उपलब्ध गराएको जनाएको छ । गत आवदेखि विद्यालयलाई सामुदायिक वनले रकम उपलब्ध गराउने व्यवस्था गरेको हो । सामुदायिक वनभित्र वर्षभरि एकनासको पानी रहने एकवटा र वर्षाको पानीले भरिने दुईवटा गरी तीनवटा प्राकृतिक ताल रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter