उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो

 

काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाको जग बलियो भएकाले भूकम्पले संरचना भत्किँदा पनि जग सुरक्षित रहेको अध्ययनमा संलग्न पुरातत्वविद्ले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को)को आर्थिक सहयोगमा पुरातत्व विभाग, बेलायतको दुरहाम विवि र काठमाडौँ महानगरपालिकाको संयुक्त टोलीले गत कात्तिक २ गतेदेखि गरेको पुरातात्विक अन्वेषण र उत्खननबाट यस्तो तथ्य फेला पारिएको हो । “भूकम्पबाट भत्किएका काठमाडौँ उपत्यकाका पुरातात्विक र सांस्कृतिक सम्पदाको उत्खनन गरी अध्ययन गर्ने क्रममा परम्परागत निर्माण सामग्री एवम् प्रविधि उपयोग गरी बनाइएका स्थलको जगमा कुनै क्षति नभएको पाइयो”– विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले भन्नुभयो ।

sfi7d08ksf] pTvgg ut j}zfv !@ ut]sf] e"sDkn] elTsPsf] sfi7d08ksf] pTvgg ub}{ k'/ftTjljbx? . tl:a/ M k"0f{k|;fb ld>

काष्ठमण्डपको उत्खनन/रासस

भक्तपुर र पाटन दरबार क्षेत्र, पाटनका चार नारायण तथा काष्ठमण्डपको जग बलियो भएको अध्ययनबाट देखिएको छ । परम्परागत निर्माण सामग्री र प्रविधि उपयुक्त भए पनि समयमा मर्मत नगर्दा ती स्थलमा बढी क्षति भएको अध्ययनकर्ताले आज आयोजित छलफल कार्यक्रममा जानकारी गराएका हुन् । भत्किएका परम्परागत निर्माण सामग्रीलाई पुनः प्रयोग गर्न सकिने बताइएको छ ।

परम्परागत निर्माण सामग्री र प्रविधिले बनेका संरचनामाथि सिमेन्ट र बालुवाको प्रयोग गरी संरचना थप्दा भत्किएको कंक्रिटले उपत्यका फोहर देखिएको पुरातत्वविद् आचार्यले बताउनुभयो । माटाले बनेको संरचनामा सिमेन्ट, बालुवा र गिट्टी प्रयोग गरी निर्माण गर्दा संयोजन नमिली भत्किएको अध्ययनबाट प्रमाणित भएको छ ।

काठमाडौँका काष्ठमण्डप तथा ललितपुर र भक्तपुरका दरबार क्षेत्रमा उत्खनन गरिएको हो । काष्ठमण्डपको उत्खनन गर्दा लक्ष्मीनरसिंह मल्लले बनाएको विश्वास गरिँदै आएको तथ्य फरक पर्न सक्ने सामग्रीसमेत फेला परेको छ , जसलाई वैज्ञानिक अध्ययनका लागि स्टर्लिन विवि बेलायत पठाइएको छ ।

यसअघि पनि १२औँ वा १६औँ शताब्दीमा बनेको भनी फरक फरक भनाइ रहँदै आएकामा अहिलेको अध्ययनपछि ठोस प्रमाण पाइन सक्ने विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताउनुभयो । “नाम सङ्गीति नामक ग्रन्थमा काष्ठमण्डप १२औँ शताब्दीमा बनेको उल्लेख छ, अन्यत्र कतै लक्ष्मीनरसिंह मल्लले १६औँ शताब्दीमा बनाएको भन्ने उल्लेख गरेको पाइन्छ, अहिले फेला परेका सामग्रीको वैज्ञानिक परीक्षणपछि यस विषयमा ठोस प्रमाण आउने विश्वास छ”–उहाँले भन्नुभयो ।

एउटै रुखको काठले बनेको विश्वास गरिएको काष्ठमण्डपका भत्किएका केही काठ काम लाग्ने अवस्थामा छ । अध्ययनबाट विभिन्न विशेषतायुक्त माटाका भाँडाका टुक्रा भेटिएकाले तिनले निर्माणको तिथि निर्धारणका लागि सहयोग पु¥याउने अध्ययन समूहको विश्वास छ ।

अनुसन्धानमा दुरहाम विविका प्रा रवीन कनिङ्घम, प्रा अरमिन स्मिडिथ, डा क्रिस्टोफर डेभिस, डा जेनिफर टेम्बले, अनुक एवम् इमिलिया स्टर्लिन विविका प्रा इयान सिम्पसन, विभागका पूर्वमहानिर्देशक आचार्य, विभागका पुरातत्वविद् तथा कामपा संस्कृति शाखाका कर्मचारीको सहभागिता थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter