दक्षिण एसिया चलचित्र महोत्सवः राज्यले नरुचाएका चलचित्र पनि

Film South Asiaअञ्जलि रम्तेल / काठमाडौँ । कास्मिर क्षेत्रमा दिनहुँ कैयौँ युवा सरकारी पक्षले गायब बनाइरहेको छ । तिनका आफन्त एक न एक दिन उनीहरु फर्कने आशामा कुरिरहेका हुन्छन् । केहीका आशा पूरा हुन्छन् भने केहीका आफन्तका लास भेटिन्छन् कोही भने जीवनभर प्रतीक्षा गरिरहन्छन् ।

यो अहिले काठमाडौँमा चलिरहेको दक्षिण एसिया चलचित्र–२०१५ मा देखाइएको एक वृत्तचित्र ‘ब्लड लिभ्स इट्स् ट्रेल ’(रगतले आफ्नो डोब छाड्छ) को सार हो । निर्देशक इफात फतिमाले निकै जोखिम मोलेर यो चलचित्र तयार पार्नुभएको छ ।

मानवाधिकार उल्लङ्घनका घटना अत्यधिक हुने सो क्षेत्रमा आफ्ना आफन्तको बदलामा पैसा, जागिरको प्रलोभन र सरकारी पक्षबाट आउने गरेको यथार्थलाई समेत पीडितले बयान गरेका छन् । हराएका आफ्ना, श्रीमान्, छोरा, भाइलगायत आफन्त फर्कने आस गरेका उनीहरुका परिवारजनसँग अन्तिममा सैनिक पक्षबाट अत्यन्त भयानक रुपमा पीडा दिई मारिएका आफन्तका शव बुझ्दै उनीहरुलाई सहिद घोषणा गर्नाको विकल्प रहँदैन । सरकारबाट न्याय माग्दै उनीहरुले गर्ने शान्त विरोध कार्यक्रममा समेत सैनिकले बल प्रयोग गरी उनीहरुको कुटपिट हत्या गरेको दृश्यसमेत वृत्तचित्रमा देखाइएको छ ।

करिब डेढ घन्टाको सो चलचित्रलाई भारतमा निर्बाध रुपमा प्रदर्शन गर्न दिइएको छैन । यसैगरी महोत्सवमा देखाइएको ‘मुजफ्फरनगर बाँकी है’(मुजफ्फरनगर बाँकी छ) ले पनि यस्तै विषयवस्तुको उठान गरेको छ । भारतको उत्तर प्रदेशमा भएको दङ्गामा मारिएका एक सयभन्दा बढी मुसलमान तथा अन्य र ८० हजारभन्दा बढी घरवारविहीन हुन पुगेको विषयलाई चलचित्रमा समावेश गरेको छ ।

वृत्तचित्रका निर्देशक नकुलसिंह सावनीका अनुसार यो चलचित्र निर्माणका क्रममा नै निकै अवरोध झेल्नुपरेको थियो । उहाँ भन्नुहुन्छ–“यो चलचित्र तयार पार्न मलाई डेढ वर्ष लाग्यो, त्यसपछि भारतमा बारम्बार प्रदर्शनका बेला सत्ताधारी दलका नजिक रहेको सङ्गठनहरुले कार्यक्रम नै बिथोल्दै आइरहेका छन् ।” अवरोध भए पनि सो चलचित्रलाई भारतका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।

भारतमा माओवादी विद्रोहको भित्री तहसम्म पुगेर तयार पारिएको ‘रेड एन्ड ड्रिम’ (छापा र सपना) अर्को चलचित्र हो जसले आफ्नै देशमा सहजै प्रदर्शनी हुन पाएको छैन । दुई घन्टाको सो चलचित्रका निर्देशक सञ्जय काक हुन् । छत्तिसगढका माओवादी, उडिसाका आदिवासी र पन्जाबका प्रदर्शनकारीले कसरी चिनियाँ सांस्कृतिक क्रान्तिका नेताको विरासतलाई भारतमा धानिरहेका छन् भन्ने रोचक जानकारी उक्त चलचित्रमा देख्न सकिन्छ ।

महोत्सवमा आफ्ना चलचित्र प्रदर्शनीका लागि तीनै निर्देशक काठमाडौँ आएका थिए । अहिले काठमाडौँमा जारी महोत्सवमा यी तीन बाहेक भारतकै अर्को वृत्तचित्र ‘अन एन्ड अफ द रेकर्ड्स्’(अभिलेख खुला र बन्द)का निर्देशक प्रतीक विश्वास, बङ्गलादेशको ‘विषकान्त’ का निर्देशक फरजाना बबी र ‘ब्रिफ लाइफ अफ इन्सेक्ट्स्’ (किराहरुको छोटो जीवन) का निर्देशक तरुण भारतीयले आफैँ सहभागी भएर महोत्सवमा चलचित्र प्रस्तुत गरेका थिए ।

बिहीबारदेखि सुरु भएको सो महोत्सवमा ४३ वृत्तचित्र देखाइनेछ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र मलेसियाका चलचित्र प्रदर्शनी गरिएका छन् । आज सम्पन्न हुने सो महोत्सवमा उत्कृष्ट हुने चलचित्रले दुई हजार अमेरिकी डलर तथा दोस्रो हुने चलचित्र र उत्कृष्ट नयाँ चलचित्रले क्रमशः एक÷एक हजार अमेरिकी डलर जित्नेछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter