मन्त्रालयद्वारा साइकल र्यालीमा भाग लिन आह्वान

Minister on bicycleकाठमाडौँ, ६ मङ्सिर । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउने उद्देश्यले आयोजना गर्ने बृहत् साइकल र्यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरेको छ ।

इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउन सरोकारवाला सरकारी निकाय र सम्बद्ध अभियन्ताबीच आज यहाँ मन्त्रालयले आयोजना गरेको छलफलमा इन्धन सङ्कटका अवस्थामा सरकारी निकाय, गैरसरकारी निकाय र सर्वसाधारणलाई वातावरणमैत्री सवारी साधनको प्रयोग गर्न अभिप्रेरित गर्नु आवश्यक रहेको निष्कर्ष निकाल्दै साइकल र्यालीमा सहभागिताका लागि आग्रह गरेको हो । र्याली यही मङ्सिर ९ गते बिहान ७ः३० बजे हुनेछ ।

मन्त्रालयले छलफलपछि विज्ञप्ति जारी गरी इन्धन आवश्यक नपर्ने, साइकल र नविकरणीय तथा वैकल्पिक ऊर्जाद्वारा सञ्चालन हुने सवारी साधनको प्रयोगका लागिसमेत आम नागरिकलाई अपिल गरेको छ ।

र्याली ललितपुरको जावलाखेल चोकबाट थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, नारायणहिटी, दक्षिणगेट, कमलपोखरी, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, माइतीघर हुँदै वन विभागको प्राङ्गण बबरमहलमा पुगी कोणसभामा परिणत हुनेछ ।

वातावरणमन्त्रीको नेतृत्वमा हुने र्यालीमा सहभागिताका लागि मन्त्रालयले सरकारका निकाय, नेपाल प्रहरी, वातावरण क्षेत्रमा कार्यरत सङ्घसंस्था, वातावरण अभियन्ता र सर्वसाधारण सबैलाई आग्रहसमेत गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter