औषधिको अभाव हुन नदिन टोल फ्रि नम्बर सञ्चालनमा

Health Ministryकाठमाडौँ, ६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

आजदेखि सो डेक्सले १६६००१३३४४४ टोल फ्रि नम्बर सञ्चालनमा ल्याई औषधिको अभाव भएमा उपलब्ध हुने स्थान र उपलब्ध समेत गराउने जनस्वास्थ्य प्रशासक प्रमुख डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

औषधिको मौज्दात र यसको वितरण प्रणालीमा सहजता ल्याउन मन्त्रालयले डा लोहनीको संयोजकत्वमा चार सदस्यीय समिति पनि गठन गरेको छ ।

समितिले आमजनताका जनगुनासो सुनेर त्यसलाई मन्त्रालयस्तरमा सम्बोधन गर्ने छ । स्वास्थ्य प्रदायक सस्थामा कुनै औषधिको अभाव भएमा टोल फ्री नम्बरमा फोन गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले औषधिको अभाव हुन नदिने जानकारी दिनुभयो ।

ठूला सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालयमा अभाव भएको औषधिको लिखित सूची बुझाइसकेका छन् । औषधि अभावको समस्यालाई सहयोग गर्न गैरआवासीय सङ्घले आयातको पहल सुरु गरेका छन् ।

शुक्रबारदेखि सङ्घले हवाईमार्गबाट भारतका मुम्बई, दिल्लीबाट औषधि आयात सुरु गरेको सङ्घका बागमती अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter