भरतपुरमा ५७४ घरमा डेंगु सार्ने लामखुट्टे फेला

 dengue-mosquito-bite

रत्ननगर (चितवन), १६ मंङ्सिर । यसपटक चितवनको भरतपुरका ५७४ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हालै गरेको ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा २३ हजार ९३० घरघुरी मध्ये ५७४ घरमा डेंगु पोजिटिभ पाईएको हो ।

यहाँ कुल २३ हजार ९३० घरका ६० हजार ७२३ वटा भाँडामा स्वयंसेवकहरु पुगेर प्रत्यक्ष अनुगमन गरेका थिए ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरिक्षक रामकुमार केसीले आज दिएको जानकारी अनुसार ५७४ घरका ६० हजार बढी भाँडा मध्ये ८९७ कन्टेनर तथा भाँडाहरुमा लार्भा र प्यूपा फेला परेकाले नष्ट गरिएको जानकारी दिनुभयो ।

गएको कार्तिक २२, २३ र २४ गते यहाँ डेंगु सार्ने लामखुट्टेको खोज र नष्ट गर अभियान सञ्चालन भएको थियो ।

सो कार्यक्रमको अनुगमन प्रतिवेदनबारे जानकारी दिंदै जनस्वास्थ्य कार्यालय चितवनका सुचना अधिकृत नरहरी शर्मा चापागाईले अभियानले डेंगु नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँका अनुसार १७८ वटा टायर, २३७ वटा प्लाष्टिक भाँडा, ११२ वटा टिनका भाँडा १५२ वटा ड्रम र २१८ अन्य गरेर ८९७ वटा भाँडाका लार्भा प्यूपा नष्ट गरिएको हो ।

यसपाली गएको साउनदेखि कार्तिक पहिलो सातासम्ममा ३२ जनामा डेंगु लागेको पाईएको थियो ।

यसपाली भने नपत्याउँदो ठाउँमा यस्ता लामखुट्टे र लार्भा, प्यूपा फेला परेका कार्यालयले जनाएको छ । अण्डा फुटाएर फ्याँकेको बोक्रा, केराको बुंगोको सुप्लामा समेत डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ ।

खानेपानी बोतलको फालिएको विर्काे जस्ता सानासाना भाँडा जहाँ पाँच एमएल भन्दा बढी पानी जमेको क्षेत्रमा डेंगु सार्ने लामखुट्टेका लार्भा भेटिएको स्वयंसेविका शुभद्रा श्रेष्ठले बताउनुभयो ।

भरतपुरका ९१ स्वयंसेवीका सहित स्वास्थ्यकर्मीहरु गरेर करिव एकसय ३५ जना अभियानमा खटाईएको थियो ।

अघिल्लो बर्ष कुल १ हजार ७७० जनाको परिक्षणमा ११९ जनामा डेंगु लागेको पाईएको थियो । एडिस एजेप्टाई नामको संक्रमित पोथि लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने गर्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ ।

गमला, टायर तथा फालिएका प्लाष्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ जसबाट लामखुट्टेको विकास भई संक्रमित लामखुट्टेले टोकेमा यो रोग सर्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter