प्रहरीद्वारा एक करोडको छात्रवृत्ति कोष स्थापना

nepal police

काठमाडौँ, १७ मङ्सिर । प्रकोप पीडित प्रहरी कर्मचारीका सन्ततीको उच्च शिक्षाका लागि नेपाल प्रहरीले रु एक करोड आठ लाख त्रियासी हजार नौसय पाँच राशिको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज बसेको बैठकले उक्त राशिको ‘प्रकोप पीडित प्रहरी सन्तती छात्रवृत्ति अक्षय कोष” स्थापना गर्ने निर्णय गरेको हो ।

गत वैशाख १२ गते गएको विनाशकारी भुकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत नेपाल प्रहरीका कर्मचारीको तर्फबाट आर्थिक सहायता गर्न सङ्कलित रकममध्ये रु १० करोड १११ बुझाई बाँकी रहेको उक्त रकमबाट अक्षयकोष स्थापना गर्ने निर्णय भएको प्रहरीले जनाएको छ ।

कोष सञ्चालनका लागि मापदण्डसहितको कार्यवधि बनाई पीडित प्रहरीको सन्ततीहरूको उच्च शिक्षासम्मका लागि छात्रवृत्ति प्रदान गरिनेछ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter