केसीसी मिडिया जर्नल बिमोचन

KCC Journalकाठामाडौं, १९ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यायलयका उपकुलपति प्रा डा. घनश्यामलाल दाशले कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागद्वारा प्रकाशित केसीसी मिडिया जर्नलको पहिलो अङ्कको आजयहाँ विमोचन गर्नुभयो ।

राससका कार्यकारी सम्पादक तथा पत्रकारिताका उपप्राध्यापक एकराज पाठक सम्पादक, केसीसीका लेक्चरर आभास राजोपाध्याय र जनार्दन विष्ट सहायक सम्पादक रहनुभएको सो जर्नलमा पत्रकारिताको उत्तरदायित्व, सञ्चार व्यवस्थापन, विकास पत्रकारिता, सामुदायिक रेडियो, सूचनाको हक, सामाजिक मिडिया(सोसियल मिडिया), वंशावलिसम्बन्धी सूचना लगायतका विभिन्न विषयका नौ वटा अनुसन्धानमूलक लेख समावेश छन् ।

सो अनुसन्धानमूलक वार्षिक जर्नलको विमोचन गर्दै उपकुलपति प्रा डा दाशले वर्तमान शिक्षा प्रणालीलाई अनुसन्धानमूलक र व्यवहारिक बनाउनुपर्नेमा अहिलेको आवश्यकतामा यस जर्नलले सघाउ पु¥याउने धारणा राख्नुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयले समयमा परीक्षा सम्पन्न गर्न नसक्ने तथा व्यवस्थापकीय रुपमा पनि विभिन्न प्रश्न उठाउने गरिएको प्रसङ्ग उल्लेखगर्दै यसको प्राज्ञिक पात्रोलाई बलियो गरी परिवर्तन गर्नुका साथै विश्वविद्यालयका विविध पक्षको सुधारका कार्यहरु सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक छवीलाई आगामी दिनमा बढाउनका लागि विश्वविद्यालयले नयाँ नयाँ निर्णय गर्नुका साथै नयाँ विषयहरुमा विद्यावारिधी र एम्फीलको कोर्ष सुुरुवात गर्नेदेखि लिएर आंगिक क्याम्पसको सङ्ख्या पनि बढाइने जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय स्थापना भएको करिब २० वर्षको अवधिमा आफैले समेत यस्तो खालको अनुसन्धानमूलक जर्नल प्रकाशन गर्न नसकिरहेको अवस्थामा कलेजले जर्नलको प्रकाशन गरेर अत्यन्तै सराहनीय कार्य गरेको भन्दै यसका लागि कलेज परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त जर्नलकको समीक्षागर्दैै यस कलेजका संस्थापक प्रिन्सिपल प्रा डा महेन्द्र सिंहले नेपाली पत्रकारिताको क्षेत्रमा अनुसन्धान तथा समाजप्रति उत्तरदायी बनाउनुपर्ने यसको दायित्वमाथि प्रश्न उठिरहेका बेला यो जर्नलले यसका लागि थप बल प्रदान गर्ने बताउनुभयो ।
सो कार्यक्रममा कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीले नेपाली पत्रकारिताको क्षेत्रलाई थप अनुसन्धानमूलक र प्राज्ञिक बनाउन यस जर्नलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयका आमसञचार तथा पत्रकारिताका प्राध्यापक चिरञ्जीवी खनालले नेपाली पत्रकारिताको क्षेत्रलाई थप अनुसन्धानमूलक बनाउन यस्ता जर्नलहरुको प्रकाशन र निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले नेपालमा पत्रकारिता विधाको सैद्धान्तिक बहस सुरु भइसकेको अवस्थामा यसको प्राज्ञिक पाटोलाई पनि उजागर गर्न यस जर्नलले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।

उक्त कार्यक्रममा सभापति एवम् केसीसीका अध्यक्ष सुमन कटवालले केसीसी आफ्नो स्थापनाको १५ औँ वर्षमा सुरु गरेको यस कामले नेपालको प्राज्ञिक जगतमा ठूलो योगदान पु¥याउने धारणा राख्नुभयो । क्याम्पस प्रमुख रवि श्रेष्ठ र प्राध्यापक हेमन्त शमशेर राणाले उक्त जर्नलले नेपाली पत्रकारिताको विश्वविद्यालय कक्षालाई समाचार गृहको समाचारकक्ष जोड्ने काममा सघाउ पु¥याउने अपेक्षा गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter