विज्ञान तथा प्रविधिको प्रयोगबिना देश विकास असम्भव ः प्रम ओली

PM Oli

 

काठमाडौँ, । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति केपी शर्मा ओलीले विज्ञान प्रविधिको प्रयोगबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिलेको आधुनिक युगमा विज्ञान र प्रविधिको प्रयोग गर्नसके देश विकास गर्न धेरै समय लाग्दैन भन्नुभयो । वैज्ञानिक र प्राविधिक शिक्षामा ध्यान नदिएकै कारण प्रगति हासिल गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थप्नुभयो– “आज संसार जहाँ पुगेको छ, त्यहाँ विज्ञान र प्रविधिको योगदान छ । हामी नेपाललाई आधुनिक, विकसित तथा सभ्य र सभ्रान्त देश बनाउन चाहन्छौँ । प्राकृतिक स्रोतको समुचित उपयोग गरी पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन कार्यमा वैज्ञानिक खोज आवश्यक छ ।”

उहाँले मुलुकमा संविधान जारी भएसँगै जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार पूरा भएको भन्दै अब देशलाई आर्थिक उन्नतिको दिशामा अघि बढाउन पारस्परिक एकता र सामाजिक सद्भाव कायम गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको क्षेत्रको लगानी बहुआयामिक हुने र यसको प्रतिफल गुणस्तरीय हुने भन्दै वैज्ञानिक खोज, अनुसन्धान र विकासका लागि सरकारले लगानी अभिवृद्धि गर्ने बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter