मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

oil line

 

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ ।

निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो । निगमसँग करिब ३० लाख लिटरभन्दा बढी पेट्रोल मौज्दात रहेको र वीरगन्ज नाकाबाहेक अन्यत्र नाकाबाट सहज रुपमा इन्धन भित्रन थालेपछि निजी सवारीसाधनलाई इन्धन बिक्री गर्न लागिएको हो ।

निगमले २६ देखि ४० लटसम्म मङ्सिर २४ गते, ४१ देखि ५५ सम्म २६ गते र ५६ लटभन्दा माथिकालाई २८ गते पेट्रोल उपलब्ध गराइनेछ । इन्धन वितरणमा सहज होस् भनेर दिन बिराएर बिहान ९ बजेबाट नै इन्धन वितरण गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक मोटरसाइकललाई चार लिटरका दरले पेट्रोल दिइनेछ । त्यसका लागि राजधानीका विभिन्न पम्पमा अघिल्लो दिन नै इन्धन उपलब्ध गराइने प्रवक्ता घिमिरेको भनाइ छ । यसअघि सोमबारदेखि पेट्रोल दिइने बताइएको भए पनि सबैले सहज रुपमा पाऊन् भन्ने मनसायले मङ्गलबार इन्धन बिक्री गर्न लागिएको प्रवक्ता घिमिरेको भनाइ छ ।

कालोबजारी मौलाएको र इन्धन पर्याप्त भएर पनि वितरण नगरिएको भन्दै निगमको चर्को आलोचना भएपछि निजी सवारीसाधनलाई लटअनुसार बिक्री गर्न लागिएको हो । तिहारपछि निजी सवारीसाधनले इन्धन पाएका छैनन् । पहिलो चरणमा मोटरसाइकललाई पेट्रोल दिएपछि दोस्रो चरणमा बार मिलाएर जिप र कारलाई इन्धन दिइने प्रवक्ता घिमिरेको भनाइ छ ।

निगमले अत्यावश्यकीय सवारीसाधनलाई कोटा प्रणालीका आधारमा इन्धन उपलब्ध गराउँदै आएको छ । पछिल्लो दिनमा विभिन्न नाकाबाट भित्रिएको इन्धनका कारण कालोबजारी मौलाएको छ ।

तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि सहज हुन नसकेको अवस्थामा कालोबजारी मौलाएको छ । त्यसलाई नियन्त्रण गर्न पनि इन्धन वितरण गर्न लागिएको निगमले जनाएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter