वरिष्ठ चिकित्सक डा केसीलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान

 dr govind

 

काठमाडौँ, २३ मङ्सिर । चिकित्साशास्त्र अध्ययन संस्था त्रिविका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान–२०७२ प्रदान गरिएको छ ।

ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले डा केसीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा आफनो जीवनको प्रभाव नगरी उल्लेखनीय योगदान पु¥याएबापत उहाँलाई सम्मान गरिएको हो ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रमकाबीच संस्कृतिविद् सत्यमोहन जोशीले उक्त सम्मान डा केसीलाई प्रदान गर्नुभयो । सम्मानमा दोसल्ला र आकर्षक ताम्रपत्र रहेको छ ।

संस्थाले दिवसका अवसरमा प्रत्येक वर्ष समाजमा सदाचार निर्माण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न योगदान गर्ने विशिष्ठ व्यक्तिलाई सम्मान गर्दै आएको छ । यसअघि यो सम्मान पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

सो अवसरमा संस्कृतिविद् जोशीले मुलुकलाई सञ्चालन गर्ने नेता र नेतृत्व तथा शासन प्रणाली राम्रो नभएकै कारण भ्रष्टाचार मौलाएको भन्दै तल्लो तहदेखि नै भ्रष्टाचार निर्मूल पार्न सरकारले सामाजिक सुरक्षा र सार्वजनिक सेवालाई प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सम्मानित डा केसीले आम नेपालीको गुणस्तरीय स्वास्थ्य र शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिदै मुलुक सञ्चालन गर्ने नेता र शासकमा राम्रो नेतृत्व नभएकै कारण भ्रष्टाचार मौलाउँदै गएको टिप्पणी गर्नुभयो ।

जबसम्म स्वास्थ्य र शिक्षा क्षेत्र राजनीतिकरणबाट मुक्त हँुदैन तबसम्म भ्रष्टाचार निर्मूल नहुने उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा केदारभक्त माथेमाले अहिलेको अभावमा कालोबजारी र भ्रष्टाचार मौलाएको बताउँदै यसको अन्त्यका लागि सामाजिक सुरक्षा र सार्वजनिक सेवालाई प्रभावकारी बताइनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष डा भरतबहादुर थापाले नेपालमा सबै वर्ग र क्षेत्रमा भ्रष्टाचार मौलाएको भन्दै यसको जरैबाट निर्मूल गर्नका लागि सामाजिक अगुवा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter