असल शासन पुरस्कार डा भगवान् कोइरालालाई

Bhagawan Koirala

 

काठमाडौँ, मङ्सिर । असल शासन फाउन्डेसनले यस वर्षको असल शासन पुरस्कार मुटुरोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा भगवान् कोइरालालाई प्रदान गरेको छ ।

पुरस्कार संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचारविरुद्ध महासन्धि पारित गरेको दिन अर्थात् ९ डिसेम्बरका दिन पारेर आज प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशि सम्मानपत्र तथा रनिङ शिल्डसहित रु ११ हजार १११ रहेको छ ।

मुलुकमा असल शासन अभिवृद्धिका लागि योगदान गर्ने सार्वजनिक प्रशासक, पत्रकार र नागरिक अभियन्तामध्येबाट छनोट गरेर पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

“कोइरालाले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पतालमा कार्यकारी प्रमुखका रुपमा काम गर्दा आन्तरिक सुशासनका लागि योगदान गरेकाले पुरस्कार दिने निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी उपाध्यक्ष तथा प्राज्ञ गीताकेशरी सदस्य र फाउन्डेसनका अध्यक्ष खड्का सदस्यसचिव रहनुभएको समितिले कोइरालालाई छनोट गरेको हो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter