नर्सिङ पढ्ने सरिता चेपाङलाई रु ८० हजार सहयोग

nurse

 

चितवन, २४ मङ्सिर । सीमान्तकृत चेपाङ समुदायबाट नर्सिङ अध्ययनरत सरिता चेपाङलाई अध्ययनका लागि हाल अस्ट्रेलियामा रहेका चितवनवासीले सहयोग गरेका छन् । नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत धादिङ जोगीमाराकी सरितालाई उनीहरुले रु ८० हजार सहयोग गरेका हुन् ।

भरतपुर अस्पताल नर्सिङ कार्यक्रममा पूर्ण छात्रवृत्तितर्फ अध्ययन गरिरहे पनि उहाँलाई छात्रावास, शैक्षिक सामग्री तथा प्रयोगात्मक सामग्री अभाव थियो ।

संरक्षण दिइरहेको संस्था ‘हामीले नगरे कसले गर्ने ?’ मार्फत अस्ट्रेलियाको चितवन समाज, भिक्टोरियाले सो रकम प्रदान गरेको हो । चितवन समाजका प्रतिनिधि काशीप्रसाद गुरुङ र हेमप्रसाद गुरुङले ‘हामीले नगरे कसले गर्ने’ संस्थाका कार्यबाहक अध्यक्ष विनोदबाबु रिजाल र नर्सिङ विद्यार्थी सरितालाई सो नगद हस्तान्तरण गर्नुभएको हो ।

संस्थाका प्रतिनिधि काशीप्रसाद गुरुङले विपन्न विद्यार्थीले खर्चको अभावकै कारणले पढ्न नपाएको खबर सुनेपछि अस्ट्रेलिया बस्ने चितवनेहरुले सहयोग जुटाएको बताउनुभयो । चितवन समाज भिक्टोरियाका अध्यक्ष सोमप्रसाद गुरुङको संयोजनमा संस्थाले नर्सिङ पहिलो वर्ष पढ्ने खर्च पठाएको र यो उपलब्धिमूलक देखिए अरु सहयोग पनि गर्ने उहाँले बताउनुभयो ।

सरिताको छात्रावास, शैक्षिक तथा प्रयोगात्मक सामग्रीका लागि मासिक करिब रु छ हजार खर्च हुने गरेको छ । सरिता चेपाङ समुदायबाट एसएलसी परीक्षामा छात्रातर्फ हालसम्मकै बढी अङ्क ल्याउने विद्यार्थी हुनुहुन्छ । उहाँले २०७१ सालको एसएलसीमा राष्ट्रिय प्राथमिक विद्यालय जोगीमारा–१, खोरभञ्ज्याङबाट ७४.१३ प्रतिशत अङ्क हासिल गरी प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter