काभ्रेपलान्चोकमा किबीको बिरुवाको माग बढ्दै

kivi

 

बनेपा, २६ मङ्सिर । व्यावसायिकरुपमा किबीको खेती हुन थालेपछि काभ्रेपलाञ्चोकमा किबीको बिरुवाको माग बढ्न थालेको छ ।

करिव एक हजार ५०० मात्रै बिरुवा उत्पादन हुने नर्सरीमा अहिले झण्डै १० हजार किबीको बिरुवाको नर्सरी गरिएको र त्यसबाट चार हजार बिरुवाको बिक्री वितरण भएको बुद्ध फलपूmल नर्सरी, नासिकास्थानका सञ्चालक शम्भु घिसिङ्ले जानकारी दिनुभयो ।

उहाँले अहिले यसको खेतीको विस्तार भएकाले इलाम, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा समेत किबीको बिरुवा निर्यात भएको उल्लेख गर्दै यसको उत्पादन चराले नखाने र अन्य फलपूmलजस्तो नबिग्रने कारणले कृषकको आर्कषण वढेको बताउनुभयो ।

गुणस्तरिय उत्पादन भएन भन्ने गुनासोले गर्दा विदेश निर्यात भएको छैन तर यसको उत्पादन बढ्दै गएको छ उहाँले भन्नुभयो ।

विसं ०५८ सालमा जापानी प्रविधि र मूल बीउ भित्र्याएर किबीको नर्सरी भइरहेको जानकारी दिँदै घिसिङ्ले बिरुवाबाट उल्लेख्य आम्दानी भइरहेको बताउनुभयो ।

नेपालभर जुनसुकै नर्सरीमा पनि जुन किबीको बिरुवा छ त्यसको मूल बिरुवा बुद्ध फलपूmल नर्सरीबाट नै वितरण भएको बताउँदै सञ्चालक घिसिङ्ले अहिले एउटा किबीको बिरुवाको मूल्य रु. २५० रहेको जानकारी दिनुभयो ।

उहाँले करिव तीन रोपनी जमिन क्षेत्रफलमा त्यसको नर्सरी गर्नुभएको छ । यसलाई लगाउने मौसम पुस र माघ नै हो । झण्डै तीन वर्षको अवधिमा किबीको उत्पादन लिन सकिन्छ ।

प्रोटिनयुक्त किबीको बजार मूल्य प्रतिकिलोग्राम रु. ३०० देखि ३५० सम्म रहेको छ । त्यसबाट वाइन, सर्बतलगायतका खाद्य पदार्थसमेत उत्पादन हुने गर्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter