ब्लड ब्यागको अभावमा रगत सङ्कलन गर्न समस्या

blood donate

 

डडेल्धुरा, २८ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीका कारण ब्लड ब्याग आयात हुन नसक्दा डडेल्धुरा जिल्लामा रगत सङ्कलनमा समस्या भएको छ । 
रगतको अभाव पूरा गर्न रगत सङ्कलनका लागि शिविरको आयोजना हुने भए पनि ब्लड ब्याग नहुँदा समस्या आएको रक्तसञ्चार सेवा केन्द्र्र डडेल्धुराका प्रमुख गणेश ऐरले बताउनुभयो । 

डडेल्धुरा जिल्लामा दैनिक दुईदेखि तीन पिन्टसम्मको रगत माग हुने भएकाले मौज्दात रहेको रगत र ब्लड ब्याग एक दुई दिनमै सकिने गरेको छ । एक दुई दिनमै ब्लड ब्याग उपलब्ध हुन नसके डडेल्धुरा जिल्लामा मात्रै नभई सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा रगतको समस्या हुने उहाँको भनाइ छ । 

हाल रक्तसञ्चार सेवा केन्द्र्र डडेल्धुरामा चार पिन्ट रगत र पाँच थान ब्लड ब्याग मात्रै रहेका छन् । ब्लड ब्यागको अभावका कारण जिल्लामा आवश्यक भएजति रगत सङ्कलन हुन सकिरहेको छैन । समयमै ब्लड ब्याग नआए रगतको अभाव सिर्जना हुनसक्ने उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । 

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ब्लड व्यागको समस्या भइरहेको अवस्थामा रक्तसञ्चार सेवा केन्द्रमा पनि व्याग नहँुदा सङ्कलनमा अफ््यारो परेको उपक्षेत्रीय अस्पताल व्यवस्थापनका अध्यक्ष लक्ष्मण सिंहले जानकारी गराउनुभयो । 

सुदूरपश्चिमका सातवटै पहाडी जिल्लाको उपचार केन्द्रका रुपमा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सिएएसदेखि अन्य शल्यक्रिया गर्ने बिरामी आउने गरेका छन् । 

अस्पतालसँग ब्लड ब्याग नरहेको र रक्तसञ्चार सेवा केन्द्र्रसँग रहेको पाँच थान ब्लड ब्याग थोरै भएकाले जति बेला पनि रगतको अभाव सिर्जना हुनसक्ने अस्पातलका डा आनन्दकुमार द्विवेदीले बताउनुभयो । 

रगतको अभावमा अन्य जिल्लामा बिरामीलाई पठाउनुपर्ने बाध्यता आउन सक्छ । रगत सङ्कलन नभएको समयमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै रगत दिने भएपनि ब्लड ब्याग नहुँदा खाँचो परेको व्यक्तिसम्म रगत नपुग्ने अवस्था छ । 

ब्लड ब्याग नहुँदा उपक्षेत्रीय अस्पतालमा शल्यक्रिया प्रभावित हुने देखिएको छ । रासस 

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter