दैनिक एघार घण्टा विद्युत्भार कटौती हुने

 electricty

 

काठमाडौँ, १० पुस । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको समयमा नदीमा पानीको प्रवाह कम भएको छ । ७८० मेगावाट क्षमतामध्ये हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । यस्तै भारतबाट दैनिक २३५ मेगावाट विद्युत् आयात हुँदै आएको छ । भारतको अघोषित नाकाबन्दीपछि दैनिक विद्युत्को माग बढेर हाल एक हजार ३०० मेगावाट भन्दा बढी पुगेको छ । खाना पकाउने साँझ बिहानको समयमा विद्युत्को माग अझ बढी रहेको छ । प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले विद्युत् उत्पादन कम भएका कारण विद्युत्भार कटौतीको समय वृद्धि भएको हो । प्राधिकरणले एक साता अघि मात्रै विद्युत् कटौतीको समय बढाएर दैनिक दश घण्टा पु¥याएको थियो । प्राधिकरणले सञ्चालनमा रहेका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र चुहावट भएका क्षेत्रमा चुहावट नियन्त्रण गर्ने कामलाई अभियानात्मक रुपमा सञ्चालन गरेपनि प्रभावकारी हुन सकेको छैन । चुहावट बढी हुने क्षेत्रमा भने थप विद्युत् कटौती हुने भएकाले चुहावट नियन्त्रण गर्न सम्बद्ध पक्षसँग सहयोगको अपिल समेत गरेको छ । निकट भविष्यमा नै ढल्केबर– मुजफ्फपुर प्रसारण लाइनबाट थप ९० मेगावाट विद्युत् आयात हुने भएकाले विद्युत्भार केही घट्न सक्ने प्राधिकरणले जनाएको छ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने जनाएपनि प्राधिकरणले दैनिक एघार घण्टा कटौती हुन थालेपछि चिसो मौसममा उपभोक्ता थप मारमा परेका छन् । इन्धनको अभावमा खाना पकाउने समयमा झन् समस्या थपिने देखिन्छ । हालको तालिकामा पनि बिहान तथा बेलुकाको समयमा विद्युत् मिलाएर काट्ने व्यवस्था गरिएको भार पे्रषण केन्द्रले जनाएको छ । तर राजधानीलगायत सहरी क्षेत्रमा भने विद्युत्को अत्याधिक माग हुँदा ट्रान्सफर्मर जल्ने, कन्डक्टरमा समस्या आउने गरेको छ । नाकाबन्दीपछि मात्रै ५३० भन्दा बढी ट्रान्सफर्मर जलेका छन् । जलेका ट्रान्सफर्मर मर्मत गर्न जनशक्तिको अभावमा दैनिक दुईवटा मात्रै मर्मत हुने गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter