सुनसरीमा अझै रोकिएन बाल विवाह

images (2)

इनरुवा, १० पुस । सुनसरीमा अहिले पनि बाल विवाह हुने क्रम रोकिएको छैन ।

सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार सम्पन्न ‘बाल विवाह न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझै बाल विवाह हुने क्रम नरोकिएको देखाएको छ ।

समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारीलगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको जनाएको छ ।

महिला तथा बालबालिकाको कार्यालयको आयोजनामा भएको कार्यक्रममा पत्रकार जयकृष्ण यादवले ‘बाल विवाह न्यूनीकरण’ र प्रमुख महिला विकास अधिकृत मेरिना श्रेष्ठले ‘किशोरी शिक्षा’ का बारेमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।

यादवले प्रस्तुत गर्नुभएको कार्यपत्रअनुसार सुनसरी जिल्लामा १० वर्षमुनिका तीन हजार १६६ जनाले बाल विवाह गरेका छन् । जसमा बालिका दुई हजार ५६८ र बालक ५९८ जना छन् ।

विसं २०६८ को जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा २८ हजार ११३ जनाले जिल्लामा बाल विवाह गरेका छन् । जसमा बालिका २३ हजार ७७७ र बालक चार हजार ३३६ छन् ।

पन्ध्र वर्षदेखि १९ वर्ष उमेर समूहमा एक लाख ६९ हजार ८६२ जनाले बाल विवाह गरेका छन् । तथ्याङ्कअनुसार बालिका एक लाख २३ हजार ६७१ र बालक ४६ हजार १९१ जनाले विवाह गरेका छन् ।

विसं २०६८ को जनगणनाको १० वर्षभित्र सुनसरी जिल्लामा दुई लाख एक हजार १४१ जनाले बालविवाह गरेका छन् । जसमा एक लाख पाँच हजार १६ बालिका र ९६ हजार १२५ जना बालक छन् । सो अवधिमा बालकभन्दा बालिका विवाह डेढ गुणा बढी छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter